शंघाइ सहयोग संगठन बैठकमा पाकिस्तानी प्रधानमन्त्री नआउने

विश्व

       

एजेन्सी । सन् २०२० को अन्त्यमा भारतमा हुने शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा पाकिस्तान भाग लिने वा नलिने तय भइसकेको छैन ।

स्रोतका अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खान बैठकमा भाग लिन भारत आउँदैनन् । इमरान सरकारको तर्फबाट कुनै मन्त्री बैठकमा सहभागी हुनसक्ने स्रोतको दाबी छ ।

यसैगरी, पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीसँग शुक्रबार के पाकिस्तान एससीओको बैठकमा भाग लिए भने कसलाई पठाउने भन्ने सवालमा उनले निमन्त्रणाको प्रतिक्षा गरिरहेको बताए ।

यस वर्षको अन्त्यमा हुने शंघाई सहयोग संगठनको अगुवाई भारतले गर्नेछ । तर, सदस्य देशको राष्ट्राध्यक्ष भएकोले मोदी सरकार इमरान खानलाई पनि यस समिटमा सामेलका लागि निमन्त्रणा पठाउन सक्छ ।

एससीओको गठन औपचारिकरुपमा सन. २००१ मा भएको थियो । यसको स्थापना चीन, रूस, कजाकिस्तान, किर्गिस्तान, तजाकिस्तान र उज्बेकिस्तानले मिलेर गरेका थिए ।

यस संगठनको उद्देश्य आतंकवादलाई रोक्नु र सांस्कृतिक सहयोग बढाउने रहेको थियो । भारत र पाकिस्तानलाई यस संगठनमा धेरै पछि प्रवेश पाएका थिए । सन् २०१७ मा भारत र पाकिस्तान दुवै देशलाई एक साथ यो संगठनको सदस्यमा सामेल गराइएको थियो ।

तपाईको प्रतिक्रिया