अमेरिकाका लागि भारतीय राजदूतमा तरणजीत सिंह नियुक्त

विश्व

       

दिल्ली । अमेरिकाका लागि भारतीय राजदूतमा तरणजीत सिंह सान्धु नियुक्त भएका छन् । भारतको विदेश मामिला मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तरणजीत सिंहलाई अमेरिकी राजदूत नियुक्त गरेको जानकारी दिएको हो ।

हालसम्म तरणजीत सिंह श्रीलंकामा भारतीय उच्च आयुक्तको रुपमा कार्यरत थिए ।

यसैबीच भारतको विदेश सचिव विजय गोखले मंगलबारदेखि सेवानिवृत्त भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै विजय गोखलेलाई भारतीय कुटनीतिमा अतुलनीय योगदान दिएकोमा धन्यवाद दिएका छन् ।

 

तपाईको प्रतिक्रिया