चिनियाँ पर्यटकलाई स्थलमार्ग प्रवेशमा रोक

विश्व

       

सरकारले चिनियाँ पर्यटकलाई स्थलमार्ग प्रवेशमा रोक लगाएको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले चिनियाँ पर्यटकलाई नेपालको स्थलमार्ग प्रवेशमा रोक लगाएको हो ।

सरकारले रसुवागढी (केरुङ) र तातोपानी (खासा) नाकाबाट प्रवेश गर्ने पर्यटकलाई मात्रै रोक लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चीनमा फैलिएको कोरोना भाइरस र ल्होसार पर्वलाई ध्यान राख्दै बुधबार गृहमन्त्रालयले चिनियाँ पर्यटक प्रवेश हुने नाका बन्द गर्ने निर्णय गरेको बताए ।

प्रवक्ता शर्माले रसुवागढी र तातोपानी नाका १५ दिनका लागि चिनियाँ पर्यटकलाई प्रवेश हुन नदिने मन्त्रालयले निर्णय गरेको बताए । उनले १५ दिनपछि पनि चीनमा कोराना भाइरस संक्रमणको अवस्था कम भएन भने पुनः अर्को निर्णय गरेर प्रवेशमा रोक लगाइने बताए । रसुवागढी र तातोपानी नाकाबाट प्रवेशमा रोकलगाइएको निर्णयबारे चीन सरकारलाई समेत जानकारी दिइएको उनले बताए । प्रवक्ता शर्माले भने,‘१५ दिका लागि चिनियाँ पर्यटकलाई रसुवागढी र तातोपानी हुँदै नेपाल प्रवेशमा केही दिनका लागि रोक लगाइएको हुँदा अब चिनियाँ पर्यटक ती नाकाबाट नेपाल प्रवेश गर्न पाउँदैनन् ।

तर, चीनमा रहेका नेपालीहरु स्वास्थ्य परीक्षण गरेर तातोपानी र रसुवागढी नाकाबाट आउन दिइनेछ । सीमा नाकामा नै नेपालीको स्वास्थ्य परीक्षण हुनेछ । प्रवक्ता शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने चिनियाँ पर्यटकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको बताए ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१९ मा विभिन्न मुलुकबाट ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । जसमध्ये सबै धेरै नेपाल आउने भारतीय पर्यटक आएका थिए भने दोस्रो नम्बरमा चिनियाँ पर्यटक आएका थिए ।

विभागको तथ्यांकअनुसार २०१९ मा विभिन्न मुलुकबाट ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल भित्रिएकामा भारतबाट २ लाख ४५ हजार १ सय ५० पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी, १ लाख ६९ हजार ५ सय ४३ पर्यटक चिनियाँ नेपाल भित्रिएका थिए । यसैगरी, विभागको तथ्यांकअनुसार रसुवागढी नाकाबाट मात्र चिनियाँ पर्यटक २६ हजार ७ सय १३ नेपालमा भित्रिएका थिए ।

यसैगरी, विभागको तथ्यांकअनुसार २०१९ अमेरिकाबाट ९३ हजार २ सय १८, बेलायतबाट ६१ हजार १ सय १४ श्रीलंकबाट ५५ हजार ८ सय ६९, तालिवानबाट ४१ हजार ६ सय ५३, अस्टे«लियाबाट ३८ हजार ९ सय ७२ जना पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी जर्मनीबाट ३६ हजार ६ सय ४१ म्यानमारबाट ३६ हजार २ सय ७४ र फ्रान्सबाट ३० हजार पर्यटन नेपाल भित्रिएका थिए । 

सन् २०१९ डिसेम्बरको अन्तिम साता कोरोना भाइरस पहिलोपटक चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखापरेको थियो । विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न १४ वटा मुलुकबाट ४ हजार ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, चाइनामा कोरोना भाइरसका कारण चीनमा १ सय ३२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण ६ करोडभन्दा बढी चिनियाँ प्रभावित भएका छन् ।

रोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु उहानमा भएका छन् । उहानमा १ सय २० जना नेपाली रहेका छन् । तीमध्ये ४० जना जति बिदा मनाउन नेपाल आएको र बाँकी ८० जना उहानमै रहेका छन् । उहानलाई अहिले चीन सरकारले ‘सिल्ड’ गरेर राखेको छ । उहानमा हवाई उडान र सार्वजनिक यातायात सबै बन्द गरिएको छ ।
चीतको उहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका १५ भन्दा बढी देशमा देजिएको छ । हालसम्म थाइल्यान्ड, अमेरिका, अस्टे«लिया, सिंगापुर, ताइवान, मलेसिया, दक्षिण कोरिया, जापान, प्रान्स, भियतनाम, नेपाल, क्यानडा, कम्बोडिया, श्रीकंका, हङकङ र जर्मनीमा कोरोना भाइरस संक्रमण भएका बिरामी भेटिएका छन् ।

राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया