हङकङ आन्दोलनको चीनमाथि प्रभाव

विश्व

       

लोकतन्त्र समर्थित आन्दोलन ६ महिनादेखि हङ्गकङ्गमा संचालित रहेको छ । चिनियाँ राज्य प्रणाली धैर्यतापूर्वक त्यस आन्दोलनको निष्प्रभावी हुने प्रतिक्षा गर्दै आएको छ जबकि तिनीहरूलाई राम्ररी थाहा छ कि हङ्गकङ्गका आन्दोलनकारीहरू विरूद्ध गरिने कुनै प्रहरी कडा कारवाही अन्तर्राष्ट्रिय प्रतिक्रियाको चासो बन्न जानेछ ।

तैपनि राष्ट्रपति सी जिनपिङ्गले व्यांग्यात्मक अभिव्यक्ति दिएका छन् कि राष्ट्रविरोधी तत्वहरूलाई समाप्त पारिने छ, यो स्पष्ट सन्देश, उनले डिसेम्बर, २०१९ मा हङ्गकङ्गमा विरोध प्रदर्शन गर्नेहरूलाई प्रथम पटक सार्वजनिक गरेका थिए । हङ्गकङ्गमा त्यस्ता आन्दोलनहरूका अनेकौं प्रभाव देखिएका छन् तर त्यसभन्दा पनि बढी महत्वपूर्ण कुरो त्यस विकासक्रमको प्रभाव चीनमा आन्तरिक र बाह्य रूपमा समेत परेको देखिएको छ ।

हङ्गकङ्गमा सञ्चालित आन्दोलनको गति र अवधिले चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारमाथि स्पष्ट प्रभाव परेको देखिएको छ । चिनियाँ सरकारले हङ्गकङ्गको त्यस आन्दोलनले त्यहाँको एकात्मक प्रकृति विशिष्ट कानूनलाई अवरोधित अनुमान समेत गरेको थिएन ।

अझ उल्लेखनीय कुरो के भने, आन्दोलनका क्रममा हङ्गकङ्गका जनताद्वारा व्यक्त गरिएका भावनाहरू आधारभूत स्वतन्त्रताहरूको संरक्षणले चिनियाँहरू आश्चर्यित हुन पुगेका थिए । सन् १९९७ मा चीनको कम्युनिष्ट पार्टीले हङ्गकङ्गलाई आफ्नो अधिनस्थ बनाउँदा यो ठानेका थिए कि हङ्गकङ्गका जनतालाई “एक देश, दुई प्रणाली” अनुरूप प्रयोग गर्नेछन् र “एक देश, एक प्रणाली” अनुरूप अघि बढ्ने छन् तर जुन, २०१९ मा हङ्गकङ्गका जनताहरू ठूलो संख्यामा गल्तीहरूमा आन्दोलनमा ओर्लिए पछि त्यो चीनको सोच विपरीत स्पष्ट सावित हुन गयो ।

यसका अतिरिक्त चीनको मुख्यभूमि सहयोगी नभएको कारण हङ्गकङ्गका उग्रवादी आन्दोलनकारी समूह विदेशी निकायहरूको उत्प्रेरणातिर अघि बढे । यो पनि उल्लेखनीय छ कि चीनको कम्युनिष्ट पार्टीका १९ केन्द्रीय समितिको अवधारणा र वेइजिङ्गमा ३१ अक्टोबर, २०१९ मा भएको चौथो साधारण सत्रले “एक देश, दुई प्रणाली” को सिद्धान्तलाई खारेज गर्दै हङ्गकङ्ग र मकाओमा स्थायी समृद्धि र स्थायीत्वका लागि चीनले आफ्नो शान्तिपूर्ण पुनरनवीकरणलाई सम्बद्र्धन गर्ने सुझाव दियो ।

हङ्गकङ्ग र मकाओ आधारभूत कानून समितिका एक वरिष्ठ पदाधिकारी शेन चुनयाओ चौथो सत्र पश्चात् आयोजित प्रेस सम्मेलनका वक्ताहरूमध्ये एक मुख्य वक्ता रहेका थिए । उनले यो पनि बताएका थिए कि चीन हङ्गकङ्गको नेताका ठाउँमा अर्कोलाई पुनस्र्थापित गर्ने सोच लिएका थिए ।

बी.बी.सी. विश्वले प्रेस कन्फेरेन्स शेनका भनाई उल्लेख गर्दै भनेका थिए कि वास्तवमा सत्रको क्रममा विरोध वा आन्दोलनका बारेमा छलफल भएको थियो र त्यसका साथै अन्य नेताहरूले समेत “हङ्गकङ्गका मुख्य कार्यकारी तथा अन्य महत्वपूर्ण अधिकारीहरूलाई हटाएर अर्कोलाई नियुक्त गर्नका निमित्त केन्द्रीय सरकारको संरचनामा सुधार” गर्ने बारे समेत सम्झाएका थिए ।

यसले चीनको सन्दर्भ र प्रभावकारिता सम्बन्ध थुप्रै उल्लेख गरेको छ भन्दै चीनमा १९९७ मा लागू गरिएको आधारभूत कानून तथा शासकीय प्रणाली समेतका बारे समेत स्पष्ट पारेका थिए ।

अर्को प्रसंग, चीनको कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय सहयोगलाई आन्दोलनकारीहरूले प्राप्त गर्न सक्ने भन्ने कुरालाई आत्मसात गर्न सकेको छैन । त्यसको फलस्वरूप आधारभूत कानूनका सीमाहरूलाई हटाउन बेवास्ता गर्ने परिपाटी रहँदै आएको छ । जसलाई चीनको कम्युनिष्ट पार्टीले हङ्गकङ्गमाथि शासन गर्ने र आन्दोलनकारीहरूलाई त्रसित पार्ने उद्देश्यले राखेको थियो ।

पार्टी नेतृत्वद्वारा गरिएको थुप्रै वक्तव्यहरूको अध्ययनले यो देखाएको छ कि विखण्डनप्रति विस्तारै जानु रहेको छ भने नीतिलाई पर्खेर हेर्नु आवश्यक रहेको छ । यसका साथै हङ्गकङ्गमा हुने महत्वपूर्ण आन्दोलनहरूलाई समाधान गर्नेप्रति चीनको नेतृत्वले सक्रिय दृष्टिकोण राख्नुपर्छ भन्ने रहेको छ । सिन्चियाङ्गको प्रमुख असन्तोष र तिब्बतले भोग्दै आएको धन्य सेनाको प्रयोग समेतको सम्बन्धमा चीनले सोच्नु परेको छ ।

आन्तरिक रूपले आन्दोलनहरूले चीनको वित्तीय राजधानी हङ्गकङ्गलाई क्षति पु¥याएको छ, जो चीनको शीर्ष वा ठूलो बाजारहरूमध्येको एक महत्वपूर्ण बाजार रहेको छ – उदाहरणका लागि आई.पी.ओ. लाई सञ्चालन गर्ने अलीबाबा ! त्यो विश्वको शीर्ष अवैधानिक युआन फछ्र्यौट गर्ने केन्द्र समेत रहेको छ ।

जहिलेदेखि विरोध शुुरू भएको छ, पर्यटन प्राय ः आधी भै सकेको छ भने खुद्रा विक्री झण्डैले एक चौथाई तल झरी सकेको छ । अन्तर्राष्ट्रिय वित्तीय निकाय तथा रियल स्टेट तत्कालका लागि हङ्गकङ्गमा अप्रभावित रहेको भए पनि एक दशकमा पहिलो पटक अन्तिम चौथाईको अवधिमा खस्किंदो हुन पुगेको थियो । यी सबै पीर मान्ने लक्षण हुन् । अहिले चीनको अर्थव्यवस्था खस्किंदो हुन पुगेको छ र त्यो पूर्ण तब मान्न सकिनेछ जब हङ्गकङ्गमा सबै ठीक हुनेछ ।

बाह्य रूपले हेर्दा आन्दोलन र विरोधले अमेरिकासँगको सम्बन्धमाथि प्रभाव पार्ने गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अमेरिकाले हङ्गकङ्गमा विरोध गर्नेहरूलाई सघाउने गरी नोभेम्बर, २०१९ को अन्तमा दुईवटा कानूनी विद्येयक माथि हस्ताक्षर गरेको थियो ।

अमेरिकी कांँग्रेसद्वारा ४१७ मतले पारित गरिएको “हङ्गकङ्ग ह्यूमन राइट्स एण्ड डेमोक्रेसी एक्ट यू.एस.स्टेट. विभागबाट प्रमाणित हुन जरूरी छ, त्यसो भएपछि मात्र त्यसले प्रमाणित गर्ने छ कि हङ्गकङ्ग पूर्णरूपले विशेष अमेरिकी व्यापार क्षेत्रमा स्वायतत्ता प्राप्त गर्नेछ । त्यस्तो भएमा त्यो क्षेत्र चीनको मातहतको विषयवस्तु अन्तर्गत रहन जाने छैन ।

त्यस विद्येयकले हङ्गकङ्गमा मानव अधिकारको दुरपयोग गर्ने मानिसको हकमा समेत प्रभावकारी आधार पनि तय गर्ने छ । अर्को विद्येयकले हङ्गकङ्ग प्रहरीलाई अश्रुगैस एवं रवर बुलेटहरू बिक्रीमाथि प्रतिबन्ध लगाउने छ । हङ्गकङ्गको विशेष स्तर गुम्नु अर्थव्यवस्थामाथि ठूलो प्रहार हुनेछ, जो वत्र्तमान अवस्थामा पूर्णरूपले खस्किँदो जालोमा फस्न गएको छ ।

हङ्गकङ्ग आन्दोलनको अर्को प्रभाव विश्वभरीका नगर तथा महाविद्यालयहरूमाथि विस्तारिता भएर जानेछ । यस्ता आन्दोलन र विरोधहरू अन्तर्राष्ट्रिय व्यापारहरूलाई समेत चुनौतीपूर्ण बन्न जानुका साथै विदेशी सरकारहरूको सहयोगले विपरीत विचारधाराका राजनीतिज्ञहरूलाई आकर्षित गर्नेछ ।

यस चुनौतीपूर्ण दृष्टिकोणको तथ्य यो पनि छ कि चीनले त्यस्तो हरेक चालाकी प्रयोग गरेको छ जसले उसको मित्र देशहरू र त्यसको संस्थाहरूलाई उभ्याउने छ जो हङ्गकङ्ग आन्दोलन पक्षमा रहेको छ । यो सफल्ताको मापन भए पनि ठूलो मुद्दा रहि नै रह्नेछ । चीनले स्पष्ट रूपमा चुनौती आफ मालेको छ किनकि हङ्गकङ्ग आन्दोलन रातभरीमा समाप्त हुने छैन ।

यस अनुभवबाट यो स्पष्ट छ कि जबसम्म चीन कम्युनिष्ट पार्टीले हङ्गकङ्गलाई कसरी राम्रो बनाउने मानसिकता बनाउँदैन, समस्याको समाधान हुँदैन । त्यस भन्दा पनि बढी के भने लोकतन्त्रवादी उम्मेदवारहरू हालको विद्यायिक निर्वाचनमा व्यापक रूपमा जीत्दैछन त्यसैले स्थितिलाई समाधान गर्नु ज्यादै कठिन हुन जानेछ । नयाँ वर्षमा प्रवेश गर्नु भन्दा अघि नै त्यो चीनका लागि वास्तविक चुनौती हुनेछ ।

तपाईको प्रतिक्रिया