भारतका लागि रुसले शक्तिशाली मिसाइल बनाउँदै

विश्व

       

रसियाका उद्योग तथा वाणिज्यमन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली (मिसाइल) निर्माण गर्न थालिएको जानकारी दिएका छन् ।

उनले रसिया र भारतबीच सम्पन्न सम्झौताअनुसार अल्माज–आन्टे कम्पनीले सो मिसाइलको उत्पादन सुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताए ।

शत्रुपक्षबाट भएको आक्रमणलाई सो मिसाइलले निस्तेज पारिदिन्छ । रसियाली सेनाले सन् २००७ देखि सो मिसाइल प्रयोग गर्दै आएको छ ।

भारतले पाँचवटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो । मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया