११२औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि मनाइएको छ । यो दिनलाई महिला अधिकार र महिला हक माग गर्ने र महिला संघर्षको दिनको रुपमा मानिएको छ । महिलाको जुन अधिकार छ, त्यो अधिकार पुरुषको तुलनामा एउटा बराबरीको हैसियत, बराबरी र समानतामा आधारित हुनुपथ्र्यो तर त्यो समानता नभएका कारण महिलाहरुको पनि बराबरीको समानता होस्, पुरुषसरह महिलाको पनि अधिकार मिलोस्, बराबरको हैसियत होस्, बराबरको पहुँज होस् भन्ने आवाज उठाइरहेको अवस्था छ । यही महिला अधिकारका लागि ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसकै रुपमा मनाइरहेको छ ।
हामीले पढेअनुसार, विभिन्न रिपोर्टहरुको अध्ययन अनुसन्धान गर्दा सर्वप्रथम १९०८ मार्चमा केलाडा नाम गरेको महिलाले अन्तर्राष्ट्रिय श्रम सम्बन्धि काम गर्ने, महिलाको हक, अधिकारका लागि उहाँले आवाज उठाउनु भएको थियो । १९०८ मार्चको दिन पछि १९११ देखि मार्च ८ मा महिला हक अधिकारका लागि विभिन्न विषय वस्तु र विभिन्न किसिमको नारा लिएर जुन अवस्थामा विभिन्न किसिमबाट महिलालाई पछाडि पारिएको छ, पछाडी परेको छ र विभिन्न किसिमको नारा लिएर यो ८ मार्च महिला अधिकार रुपमा मनाइरहेको छ ।
यो ८ मार्चको दिन अहिलेको अवस्था हेर्दा एउटा दिवसको रुपमा हर्षोल्लास साथ मनाइन्छ । त्यस्तो अवस्थामा पनि मनाइरहेको देखिरहेको छ । विभिन्न संघ संस्था, सरकारी निकाय, गैरसरकारी संघ संस्थाहरुले पनि महिला दिवस मनाउँदै आएको अवस्था छ । तर जतिबेला हामीले अध्ययन गर्दा १९०८ मा मार्च ८ को दिन क्यारलाले एउटा श्रमबाट सोशित भएका महिलाहरुको लागि अवाज उठाएको, महिलाको पनि समान ज्याला हुनुपर्छ भनेर विरोध गरेको थियो । विभिन्न हक अधिकार हुनुपर्छ भनेर आवाज उठाएको थियो । त्यो हिसावले अहिलेको अवस्थामा मनाइरहेको अवस्था छैन । अहिले पनि महिला विभिन्न हक, अधिकारबाट वञ्चित रहेको, विभिन्न किसिमको हिंसाबाट पीडित छन् ।
यति अवाज उठाउँदा उठाउँदै पनि घटनाहरुबाट महिला पीडित छन्, हिंसा घटिरहेका छन् । त्यो कम हुनुभन्दा वृद्धि भइरहेको देखिन्छ । जसकारण आजको दिन विभिन्न संघ संस्थाले, सरकारी निकायले महिला दिवस मनाइरहेको छ । तर एउटा हक अधिकारको लागि एउटा विषय वस्तु, घटना र विषयको लागि जुन अधिकारको लागि पछाडी पारिएको छ त्यो नारा बनाएर, नारामै सीमित रहेको अवस्था देखिन्छ । यो पालिकै नारा हेर्दा समाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिशचिता भन्ने नेपालले यो नाराको साथ ११२औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
८ मार्चको एक दिन मात्र यो नारा हामी महिलाको हक, अधिकारको कुरा गर्छौं, अवाज उठाउँर्छौं, सामाजिक न्यायको कुरा गर्छौं, लैंगिक समानताको कुरा गर्छौं, एक दिन मात्र गरेर हँुदैन । वर्षौंदेखि महिलालाई पछाडि पारेको अवस्था छ । पुरुषको तुलनामा बराबरीको समानता छैन । यो एक दिन मनाएर हुँदैन । विभिन्न घटनाहरुबाट पीडित छन् महिला, त्यसले न्याय कसरी पाउँछ, कसरी सम्बोधन हुन्छ भन्ने लाग्नु पर्ने हो । महिलाको राजनीतिक, आर्थिक, सामाजिकस्तरमा उसको पहुँच छैन । त्यसका लागि निरन्तर प्रयास हुनुपर्ने थियो त्यो प्रयास नभइकन एक दिन एउटा नाराको रुपमा दिवसको रुपमा मात्र मनाएर हुँदैन ।
अहिलेको अवस्था हेर्दा गम्भीर्यता नै छैन् । महिलाको हक, अधिकार, न्यायको लागि जुन जवाफदेही पाएका जिम्मेवार निकायहरु छन्, उनीहरुले सम्बेदनशील भएको देखिँदैन । जुन किसिमले महिलाहरुलाई पछाडि पारिएको छ, पछाडि परेका छन् र विभिन्न किसिमको घटनाबाट हिंसामा परिरहेका छन्, त्यो हिसावले काम भएको देखिँदैन । महिलाको अधिकार सुनिश्चितताका लागि नीति, नियम, कानुन भएपनि प्रभावकारिता देखिँदैन ।
एक दिन मात्र यो दिवसमा बोलेर, अवाज उठाएर मात्र हुँदैन । यो दिवस मनाइरहदा पनि एउटा फेसन बनाएको जस्तो अवस्था छ । सबै ठाउँमा त होइन तर कतिपय ठाउँमा सम्वेदनशील विषयवस्तुमा अवाज उठाएको अवस्था छ । प्रायः ठाउँमा महिला दिवसलाई फेसन जस्तो मनाइरहेको छ, जुन एउटा गम्भीर्यताको साथ आवाज उठाउनुपथ्र्यो, त्यो हिसावले देखिएको छैन ।
महिलाको लागि अवाज उठाइरहेको जुन अवस्था छ, त्यो एउटा बन्द कोठाभित्र मनाइरहेको अवस्था छ । यसपालिको नाराको कुरामा सामाजिक न्याय, लैंगिक सामानताको कुरा गरिएको छ । अब लैंगिक सामानता, अधिकार र न्यायको कुरा लक्षित महिलाका बीचमा गएर गर्नुपर्छ । कुन समुदाय, कुन वर्ग परेको छ समाजिक न्याय तर्फ कुन समुदाय परेको छैन । महिलाहरुको हक अधिकारको लागि उनहरुलाई उपस्थित गर्न र उनीहरुको कहाँ–कहाँ समस्या किन यस्तो अवस्था छ अब के गर्न सकिन्छ यो किसिमको एउटा योजना, बजेटिङ, उनीहरुको उथान, सामाजिक न्याय, सामानताका लागि के–के गर्न सकिन्छ लगायतका विषयमा गम्भीर समीक्षा हुन आवश्यक छ । गम्भीर भएर त्यो विषयवस्तुमा छलफल गर्नुपथ्र्यो तर यस्तो अवस्था देखिएको छैन ।
प्राय ठाउँमा अब नारा छ, नारामा अन्तरक्रिया कार्यक्रम एउटा हलभित्र मात्र भइरहन्छ । त्यसको प्रतिफल आउन सकेको छैन । हरेक वर्ष नयाँ–नयाँ नाराका साथ नारी दिवस मनाइन्छ । तर त्यो नारा व्यवहारमा कतिको लागू हुनसक्यो यसको कुनै समीक्षा वा बहस भइरहेको छैन । हामीले दिएको नारा लक्षित वर्ग कतिको लाभान्वित भयो भन्ने प्रमुख कुरा हो । तसर्थ, यो नारी दिवसलाई एउटा फेसनको रुपमा नलिई गत एक वर्षभित्र यसले कतिको सार्थक परिणाम दिन सक्यो यसमा जोड दनु आजको आवश्यकता हो । महिला पीडित, हिंसामा छन् भनेर मात्रै हुँदैन, त्यसको समाधानका विषयमा पनि लाग्नुपर्ने देखिन्छ ।
(कुराकानीमा आधारित)
तपाईको प्रतिक्रिया