शहीदलाई सम्मान गरौं

सम्पादकीय

राजनीतिक दल र तिनका नेताहरूले पाएको राजनीतिक सत्ताको विरासत शहीद बेपत्ता र घाइते परिवारको त्याग र बलिदानका आधारमा टिकेको विषय लुकेको होइन् । तिनै राजनीतिक दल र तिनका नेताहरूले शहीद, बेपत्ता र घाइते परिवारलाई जसरी आफ्नो वरिपरि घुमाउन थालेका छन् । ठग्न थालेका छन् ।

मृगमरिचिकामा बाँच्न छोडिरहेका छन् । यो सन्दर्भलाई गालिबको यो शेरले दुरुस्त व्याख्या गर्छ । शहीद बन्नेहरूले पार्टीका नेतालाई म शहीद बनौँ कि नबनौँ भनी सोधेर शहीद बनेन् । जहाँ थिए त्यहीँ शहीद भए । विचार र निष्ठाको आधारमा शहादत दिनेहरू जसरी शहादतका लागि सोधखोज गर्दैनन् ।

त्यसैगरी राजनीतिक दलका नेताहरूबाट परिवारजनको दुःख कष्टका लागि गुहार लगाउने काम शहीदहरूले गर्दैन् । सामूहिक हितका लागि दिएको कुर्बानीलाई राजनीतिक दल र तिनका नेताहरूले आफै चासो लिएर समय समयमा तिनका परिवारजनको सोधखोज गर्नुपर्ने थियो । त्यस्तो गरेको देखिएको छैन् । शहीद बेपत्ता र घाइते परिवारका प्रतिनिधिहरूले ती दलका नेताहरूको दैलामा गएर दुखेसो पोख्ने गरेको समाचार हेर्न सुन्न पाइन्छ ।

गालिबले यो शेरको दोस्रो लाइनमा ‘आँखों से ही न टपक तो फिर लहु क्या है ’मा नेताहरूको यो समान्ती परिपार्टीलाई चुनौती दिएको देखिन्छ । गालिबको यो शेरले भन्छ “ शरीरमा रगत भने दुःख र पीडा वा अनियमितता देखिएको बेला आँखामा रगत नदेखिए त्यसको कुनै अर्थ छैन् । रगत छ भने आँखामा देखिनुपर्ने हो ।

यसैगरी शहीद परिवारप्रति सम्मान छ भने त्यो आँखामा देखिने रगत सरी देखिनुपर्ने हो । नेताहरूका दैलामा ती परिवारका सदस्यहरू परेड लगाएर जानुको कुनै तुक छैन् । यो उनीहरूको अपमान हो ।”

राजनीतिक दल र तिनका नेताहरूले शहीद बेपत्ता र घाइते परिवार प्रति सम्मान व्यक्त गर्छन् भने त्यो ससम्मान देखिनुपर्ने हो । स्वविवेकीय रूपमा पार्टी र सरकारबाट उनीहरूको हकमा ससम्मान हुनुपर्ने र गर्नुपर्ने काम गरेर देखाउनुपर्ने दायित्व तिनै दल र नेताहरूको हो । शहीदको सम्मान गरौँ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ