मलेसियामा पछिल्लो २४ घन्टामा २ हजार ३३ जनामा कोरोना सङ्क्रमण

विश्व

काठमाडौँ, ३ असार । मलेसियामा गएको २४ घन्टामा २ हजार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मलेसियामा बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरू भेटिएको स्थानीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीका अनुसार २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । अहिलेसम्ममा मलेसियामा कोरोना भाइरसको सङ्क्रमणबाट ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ । मलेसियाका स्वास्थ्य अधिकारीहरुले अहिले करिब २५ हजार जना जति सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये केही व्यक्ति आईसीयूमा रहेका बताइएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ