अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प, २८० को मृत्यु

विश्व

अफगानिस्तान, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परी २८० जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर गएको ६.१ म्याग्निच्युटको भूकम्पमा २८० जनाको मृत्यु भएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरूमा उद्धारकर्ता तथा खोजकर्ताहरूले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरूलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ ।

भूकम्पमा परी अरु ६०० जनाभन्दा धेरै घाइते भएको बख्तर समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौँको ज्यान गएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ