काठमाडौं, १० साउन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको प्रशासनले सन् २०२० मा अमेरिकामा कार्यरत ११८ कन्फ्युसियस इन्स्टिच्युट (सीआई) मध्ये १०४ वटा बन्द गरेको थियो ।
नेशनल एसोसिएसन अफ स्कलर्स (एनएएस)को नयाँ रिपोर्टले के बतायो भने यी मध्ये कम्तिमा २८ ले आफ्नो कन्फ्युसियस इन्स्टिच्युटलाई यस्तै कार्यक्रमको साथ बदलेका छन् र कम्तीमा ५८ ले आफ्नो पूर्व कन्फ्युसियस संस्थान साझेदारसँग घनिष्ठ सम्बन्ध बनाएका छन् ।
उक्त रिपोर्टले यो पनि भनेको छ कि सीआई, विवादास्पद चीन समर्थित भाषा र सांस्कृतिक प्रशिक्षण केन्द्रहरू हुन र अमेरिकाभरि पुनः ब्रान्डिङ गरर फेरि खुल्दै छन् ।
यी संस्थानहरू अमेरिकी विदेश मन्त्रालयले विदेशी मिसन तोकेपछि बन्द गरिएको थियो । यस सम्बन्धमा आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘अगस्ट १३, २०२० मा, राज्य विभागले कन्फ्युसियस इन्स्टिच्युट यूएस सेन्टर (सीएलयुएस) लाई अमेरिकी सीआई नेटवर्कको वाशिंगटन डीसी–आधारित मुख्यालयको रूपमा काम गर्ने विदेशी मिशनको रूपमा तोक्यो । जन गणतान्त्रिक चीन, यस संगठनको अस्पष्टता र यसको राज्य–निर्देशित प्रकृति यस पदनामको पछाडि मुख्य कारणहरू हुन् ।
विदेशी नियोगका रूपमा तोकिएका संस्थाहरूले अमेरिकामा हुने कोष, कर्मचारी, पाठ्यक्रम र गतिविधिहरूको बारेमा अमेरिकी सरकारलाई रिपोर्ट पेश गर्नुपर्छ । अमेरिकाका सीआइ विद्यालयहरूले अमेरिकी विद्यालय र संस्थाहरूलाई दिइएका ५०००० अमेरिकी डलरभन्दा बढीको रिपोर्ट गर्न कानुनी रूपमा बाध्य थिए ।
जुलाई २०२१ को एट्लान्टिक पारी रिपोर्टहरूले संकेत के गरे भने जर्मनीको शिक्षा मन्त्रालयले देशका विश्वविद्यालयहरूलाई चिनियाँ भाषा र संस्कृतिमा पाठ्यक्रमहरू प्रदान गर्ने सीआईसँगको सहकार्य अन्त्य गर्न आह्वान गरेको थियो ।
यस निर्णयमा चिनियाँहरू विचलित भए र प्रतिक्रिया दिन सरकारी स्वामित्वको ग्लोबल टाइम्स प्रयोग गरे । अक्टोबर २०२१ मा प्रकाशित एउटा लेखमा भनिएको छ, ‘चीनले शैक्षिक र सांस्कृतिक आदानप्रदान गतिविधिहरूको राजनीतिकरणको कडा विरोध गर्दछ ।’
जुलाई २०२१सम्म, युरोपेली संघमा लगभग १९० सीआईहरु आवद्ध भए । सीआई संगठनहरू विश्वव्यापी रूपमा चीनको विदेशमा सफ्ट पावर प्रक्षेपणको सबैभन्दा महत्वपूर्ण उपकरण हो । अप्रिल २०२० मा, स्वीडेनले आफ्नो अन्तिम सीआई कक्षाकोठा बन्द गरेको थियो । यस्तै नर्वेले मार्च २०२१मा त्यसको पालना गरेको थियो । यसअघि २०१९, ख्चष्वभ ग्लष्खभचकष्तभष्त ब्रसेलमा सीआईको निर्देशकलाई जासुसीको लागि देशबाट निष्कासित गरिएको थियो र संस्थान बन्द गरिएको थियो ।
एक वर्ष पहिले, विश्वव्यापी रूपमा सीआई बन्द भएको बढ्दो संख्याको सामना गर्दै चीनले संगठनलाई पुनः ब्रान्ड गर्न थालेको छ । आधिकारिक रूपमा हानबान भनेर चिनिने, सीआईले जुलाई २०२०मा एउटा विज्ञप्ति जारी गरी यसको विश्वव्यापी नेटवर्क अब नयाँ स्थापित गैर–सरकारी फाउन्डेसनद्वारा सञ्चालित हुने भनेर घोषणा गरेको थियो ।
चीनले आफ्नो सफ्ट पावरलाई विदेशमा प्रभावकारी रूपमा प्रयोग गर्न जारी राख्न सकोस् भन्नाका लागि यो रिब्रान्डिङ गरिएको हो । वास्तवमा सीआईको वास्तविक मनसायलाई छद्म पार्ने तरिका थियो । जुलाई २०२० मा, चिनियाँ सरकारले सीआई अभिभावक विभाग, चिनियाँ भाषा काउन्सिल इन्टरनेशनलको कार्यालयलाई भाषा विनिमय र सहयोगको लागि शिक्षा मन्त्रालयको केन्द्र (सीएसईसी) को रूपमा पुनः ब्रान्ड गरेको हो ।
सीएसईसीले कन्फ्युसियस संस्थानहरू र तिनीहरूका धेरै प्रतिस्थापनहरू कोष र निरीक्षण गर्न एउटा छुट्टै संस्था, चाइनिज इन्टरनेशनल एजुकेशन फाउन्डेसन (सीएलईएफ) पनि बनायो । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग अन्तर्गत आध्यात्मिक सभ्यता निर्माण गर्ने केन्द्रीय मार्गदर्शन आयोगका तत्कालीन अध्यक्ष ली चाङचुनको अप्रिल २००७ को कथनबाट चिनियाँ राज्य कत्तिको नजिक छ भन्ने कुरा स्पष्ट हुन्छ ।
उनलाई सिन्ह्वाले कन्फ्युसियस संस्थानहरू ‘सीसीपीको बाह्य प्रचार संरचनाको महत्त्वपूर्ण भाग’ भएको भन्दै उद्धृत गरेको छ । लामो समयसम्म, विश्लेषकहरूले संस्थानहरूलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को लागि एक विदेशी प्रचार मेसिन, साथै क्याम्पसहरूमा भाषण र गतिविधिहरूमा निगरानी र हस्तक्षेप गर्ने उपकरणको रूपमा हेरे ।
उदाहरणका लागि, २००९मा, नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीले दलाई लामालाई क्याम्पसमा बोल्न आमन्त्रित गर्ने योजना रद्द ग¥यो । दस वर्ष पछि, २०१९मा अमेरिकी रक्षा विभागले सीआई चलाउने विश्वविद्यालयहरूको लागि कोष प्रदान नगर्ने घोषणा गरेको थियो । हानबानको कोष गतिविधिहरूमा अमेरिकी शिक्षा विभागको अनुसन्धानले के पत्ता लगायो भने लगभग ७० प्रतिशत अमेरिकी शिक्षा सुविधाहरू हानबानबाट प्राप्त रकमको मात्रा रिपोर्ट गर्न असफल भएको थियो
सीएलएसले पश्चिमी विश्वविद्यालयहरूमा आफ्ना साझेदारहरूका लागि धेरै सर्तहरू राखेका थिए, जस्तै गोपनीयता सम्झौताहरू जसको मतलब स्कूलहरूले प्रदान गरिएको कोष सीएलको रकम खुलासा गर्न सक्दैनन् । नास (एनएएस) रिपोर्ट अनुसार, जनवरी २०१२देखि जुन २०१८सम्म अमेरिकाका १५स्कूलहरू हानबानबाट १५ मिलियन अमेरिकी डलरभन्दा बढी प्राप्त गरेको स्वीकार गरेको छ ।
हानबानले अमेरिकी विद्यालयहरूमा गरेको खर्चलाई अमेरिकी सिनेटको स्थायी उपसमितिको अनुसन्धान प्रतिवेदनले उत्कृष्ट उदाहरण दिएको छ, जसले अमेरिकाका करिब १०० विद्यालयहरूको वित्तीय रेकर्डको विश्लेषण गरी हानबानले अमेरिकी डलर ११३ मिलियनभन्दा बढी लगानी गरेको फेला पारेको छ । शिक्षा विभागले लगभग ३.६ अमेरिकी डलर रिपोर्ट नगरेकोमा धेरै कलेजहरूलाई बोलायो र यी विश्वविद्यालयहरूलाई सक्रिय रूपमा विदेशी सरकारी निगमहरू र नागरिकहरूलाई कोषको लागि आग्रह गरेको रूपमा संकेत ग¥यो ।
एनएएस प्रतिवेदनले हेरिटेज फाउन्डेसनद्वारा आयोजित जुन २०२१ को छलफलले अमेरिकामा सीआइ बन्द हुनु सफलताको कथा हो किनभने संयुक्त राज्यले कन्फ्युसियस संस्थानहरूद्वारा निम्त्याएको खतरालाई मान्यता दियो र त्यस खतरालाई सम्बोधन गरेको निष्कर्ष निकालेको छ ।
यद्यपि, अमेरिकी कारबाहीहरू बाँकी विश्वका लागि चेतावनी पनि थिए किनभने चिनियाँ सरकार यस्तो निर्णयहरूलाई बहिष्कार गर्ने चालबाजीबाट पन्छाउन तयार र सक्षम थियो र सीआईलाई पुनः ब्रान्ड गर्न खोजिरहेको थियो ।
हेरिटेज फाउन्डेसन कार्यक्रममा विज्ञहरूले उल्लेख गरेका थिए कि सीएलएसलाई चीनको संयुक्त मोर्चा कार्य विभागले निरीक्षण गरेको छ, जसको उद्देश्य विदेशी र विदेशी संस्थाहरू र विशेष गरी अमेरिकामा रहेकाहरूलाई प्रभाव पार्ने हो र तिनीहरूको काम देशभरि कलेज क्याम्पसहरूमा देख्न सकिन्छ । नेमान्जा डुकिकद्वारा २०२०मा गरिएको विश्लेषण (आधुनिक कूटनीति) ले निष्कर्ष निकालेको छ कि रिब्रान्डिङ अमेरिकी संस्थानहरूसँगको सम्झौताहरू बन्द गर्ने र समाप्त गर्ने कार्यहरूको परिणाम हुन सक्छ ।
यस रणनीतिले चिनियाँ भाषाका शिक्षकहरू र प्रशिक्षकहरूलाई चिनियाँ राज्य प्रचारका लागि प्रजनन आधारको रूपमा सीआईको पश्चिमी व्याख्यालाई सामना गर्न तयारी गर्न समय दिन्छ । अझ स्पष्ट निष्कर्ष यो हो कि रिब्रान्डिङले यी चिनियाँ संस्थाहरूलाई पश्चिममा फस्टाउने नयाँ तरिका दिन्छ । सीआईमा नियन्त्रणको यो कथित परिवर्तनले कुनै पनि हिसाबले चीनको शिक्षा मन्त्रालयबाट स्वतन्त्रता सुनिश्चित गर्दैन ।
चीनले आफ्नो भाषा र संस्कृतिलाई प्रवद्र्धन गर्ने प्लेटफर्मको रूपमा सीआईलाई प्रवद्र्धन गर्नु पछाडिको वास्तविक उद्देश्य बुझ्न पश्चिमलाई केही समय लाग्यो । यो धम्की पछि अमेरिकी प्रशासनले उचित कदम चाल्यो । यद्यपि, अमेरिका र विश्वभरका अन्य राष्ट्रहरूले चीनले चलाखीपूर्वक सीआईलाई पुनः ब्रान्ड गरेको महसुस गरिरहेका छन् ।
सीपीसीले कसरी पुनः ब्रान्डिङको सरल कार्यको साथ आफ्नो विदेश प्रचार जारी राख्छ भन्ने कुराको सीआई आजको उत्कृष्ट उदाहरण हो । यी हेरफेरहरूबाट विश्वभर सतर्क रहनुपर्ने आवश्यकतालाई जोड दिन सकिँदैन । स्रोत : एजेन्सीहरुको सहयोगमा
तपाईको प्रतिक्रिया