काठमाडौं, ५ असोज । चीनको पश्चिमी सिनजिआङ क्षेत्रका बासिन्दाहरू कोरोनाभाइरस बन्दाबन्दी लगाएको चालीस दिनयता भोकमरीमा फसेको अल जजिराले जनाएको छ ।
गुल्जा शहरका बासिन्दाले खाली फ्रिज र भोका बालबालिकाको तस्विर समाजिक सञ्जालमा पोस्ट गरे । अगस्टको सुरुदेखि सुरु भएको लकडाउनयताको स्थानीय बासिन्दाहरूको फोटोका आँखामा आँसु देखिएका छन् ।
कोभिडको यो लकडाउनमा उनीहरूलाई आधारभूत आवश्यकताको सामग्रीका लागि ठुलो संघर्ष गर्न परेको त्यो सामाजिक सञ्जालको पोस्टले दर्शायो ।
गुल्जाको लकडाउनले उइगुरका मुसलमानहरूलाई लक्षित गरी लगाइएको आरोपलाई पुष्टि गर्छ । यी मुसलामानहरूलाई चीनले दमन गर्दै आएको आरोप लाग्दै आएको छ । उनीहरूलाई जेल र हिरासत गृहमा दमन गरिएको छ ।
संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरूले चीनले उइगुरका दश लाख मानिसलाई बाध्यपूर्वक बन्धक बनाएर राखेको जनाएका छन् ।
जसलाई मानवता विरोधी अपराध भनिएको छ । चीनले भने यी केन्द्रहरू व्यावसायिक सिप सिकाउने तालिम केन्द्र भएको दाबी गर्दै आएको छ । यी केन्द्रहरूमा चरमपन्थीहरूको सुधारका लागि तालिम दिइने गरेको चीनको दाबी छ ।
कोभिड शून्य नीति अन्तर्गत गुल्जामा लकडाउन गरियो । यो दमनकारी लकडाउन हो । यो औसत नागरिकलाई कठिनाइ उत्पन्न गराएको छ । यी लकडाउनले स्थानीयरूपमा कोभिड फैलिन नदिन सकेको भएपनि यसले मानिसहरूमा आर्थिक तथा मनोवैज्ञानक असुविधा ठुलो थोपरिएको छ ।
चिनियाँ उपप्रधानमन्त्री सुन चुनलानले हालै कोभिड मापदण्ड जनताको काम र जीवनलाई कम असर पर्ने गरी अपनाउन आह्वान गरिन् ।
सिन्ह्वाका अनुसार उनले २०औँ पार्टी कांग्रेस अगाडि कोभिड फैलिन नदिन यो रोकथाम आवश्यक भएको बताइन् । सान्झी प्रान्तको राजधानी सिआनमा उन्नत अनुभव गरिएपछि उनको यो पर्यवेक्षण सार्वजनिक भएको हो ।
जुलाईको सुरुमा ओमिक्रोनको बीएडटफाइभ भेरियन्टको संक्रमण पहिलो समुदायमा फैलिएको रेकर्ड गरिएको थियो । साउथ चाइना मोर्निङ पोस्टको जुलाई अन्त्यतिर गरिएको रिपोर्ट अनुसार यात्रा र सामूहिक उपस्थितिमा बन्देज लगाएको एक साता पछि प्रतिक्रिया देखियो ।
उपप्रधानमन्त्रीले वैज्ञानिक मापदण्ड अपनाउन जोड दिएपनि कोरोनाभाइरस विरुद्धको लडाइँमा चीनले असरदार विदेशी खोप ल्याउन सकेन् ।
यो विशेषगरी वृद्ध रोगीहरूका लागि चिन्ता थपिएको देखियो । यो स्पष्ट हुन सकेको छैन किन चीनमा विकसित खोपबाट वृद्धवृद्धालाई सुरक्षित गराउन सकिएन् । उनीहरूलाई अझ खोप दिइएको छैन् ।
मेको बीचमा ब्लुम्बर्गको रिपोर्ट अनुसार ६० वर्ष वा सो भन्दा बढी उमेरका २१ करोड ६० लाख चिनियाँहरूलाई वा सो उमेरसमूहका करिब ८२ प्रतिशतलाई पूर्ण खोप दिइएको छ ।
तर सो रिपोर्टले औपचारिक अधिकारीको भनाइ अनुसार ८० वर्ष उमेरका ५० प्रतिशतलाई मात्र खोप दिइएको थियो ।
रिपोर्टका अनुसार चीनले कोभिड खोपको खराब परिणामबाट उत्पन्न अवस्थाका लागि सुस्त प्रतिक्रिया जनायो ।चिनियाँ अधिकारीहरूले अपनाएको कठोर मापदण्ड र खोप दिइएर सुरक्षित गर्ने बीच ठुलो खाडल रहेको दर्शाउँछ ।
चीनमा विकास गरिएको खोपबाट प्रतिरोधी क्षमता कम भएको पनि पाइएको छ । सेन्सरसिप र हिरासत जस्ता शून्य कोभिड नीतिका लागि अपनाइएका मापदण्डको आलोचनालाई सरकारले हटाइदिएको छ ।
यासिनुफ उगुरका विद्यार्थीले हलुका खोकीका कारण उनको सासुलाई केन्द्रीय क्वारेन्टाइनमा बताउनुपरेको बताए । यासिनुफले पूरा पहिचान खुलाउन मानेन् । उनका अनुसार उनका आमाबाबुलाई खानाको अभाव भइरहेको छ ।
उनीहरूलाईलाई पिठो पानी र नून मात्र नपकाइएको अवस्थामा खान परेको छ । यसैगरी नाइरोला एलिमा गुल्जाका उगुरले आफ्नो बाबुको बारेमा सूचना दिएकी छिन् ।९३ वर्षीय हजुरआमाका लागि हरेक दिन गोलभेडाको आपूर्ति घटाउँदै लानुपरेको बताइन् ।
उनकी काकीसँग दुई नातिनातिनालाई खुवाउन दुध छैन् ।गत साता स्थानीय गभर्नरले कमीकमजोरीका लागि माफी मागेका थिए ।
गत साता गुइझाउ वन्यजन्तु आरक्ष्यका बाघ पाण्डा जस्ता अन्य वन्यजन्तुका लागि खाना उपलब्ध गराउन सार्वजनिक आह्वान गरिए । केही शहरमा नजिकका संगठनहरूले लकडाउनमा निशुल्क राशनका सामान पठाए ।
तर कतिपयले उच्च मूल्यमा खानेकुरा बेचेको रिपोर्टहरू पनि देखिए । यो महिनाको सुरुमा चेङदुमा कोरानाभाइरसको लकडाउन लगाइयो ।
गर्मीका बेला यहाँ बिजुली आपूर्ति भएन् । सेप्टेम्बर १मा लकडाउन केही कोभिड केस देखिएपछि गरियो ।संघाई पछिको यो वर्ष दोस्रो ठुलो शहरमा लकडाउन लगाइयो । सेप्टेम्बर १५मा हटाइयो । समग्रमा कोभिडको परिदृश्यमा आम मानिसका लागि अमानवीय व्यवहार गरियो । लकडाउनमा मानवअधिकारको उल्लंघन गरिए । —एजेन्सीहरु
तपाईको प्रतिक्रिया