क्यानडाको हिन्दू मन्दिरमा तोडफोड, खालिस्तानी नाराले रंगिएपछि चौतर्फी निन्दा

विश्व

क्यानडाको टोरन्टोमा रहेको प्रख्यात स्वामीनारायण हिन्दू मन्दिरमा बिहीबार अज्ञात व्यक्तिहरुले तोडफोड गरेका छन् । ती अज्ञात व्यक्तिहरुले मन्दिरको पर्खालमा खालिस्तानी र भारत विरोधी सोल्गनले रंग लगाएको बुझिएको छ । यता, भारतले सो घटनाको निन्दा गरेको छ । क्यानडा सरकारलाई दोषीहरू विरुद्ध छिटो कारबाही गर्न भारतले आग्रह गरेको हो ।

“हामी बीएपीएस स्वामीनारायण मन्दिर टोरन्टोलाई भारत विरोधी भित्तिचित्रको साथ अपमानित गर्ने कडा निन्दा गर्दछौं । क्यानाडाली अधिकारीहरूलाई घटनाको अनुसन्धान गर्न र दोषीहरूलाई तुरुन्त कारबाही गर्न अनुरोध गरेका छौं,“ क्यानडास्थित भारतीय राजदूतावासले भनेको छ ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा मन्दिरको भित्तामा खालिस्तानी नारा लेखिएको देखिएको छ । घटनाको समय अझै खुल्न सकेको छैन ।

बीएपीएस स्वामिनारायण संस्था एक आध्यात्मिक, स्वयंसेवक–संचालित विश्वास हो । जसले आस्था, एकता, र निस्वार्थ सेवाको हिन्दू आदर्शहरूलाई बढावा दिएर व्यक्तिगत वृद्धि मार्फत समाज सुधार गर्न समर्पित छ । धेरै क्यानाडाली नेताहरूले घटनाप्रति दुख व्यक्त गरेका छन् । “टोरन्टोको बीएपीएस स्वामीनारायण मन्दिरमा भएको तोडफोडको बारेमा सुनेर धेरै निराश छु । जीटीए वा क्यानडामा यस प्रकारको घृणाको कुनै स्थान छैन ।

आशा गरौं कि दोषी अपराधीहरूलाई छिट्टै न्यायको कठघरामा ल्याइयोस्,“ ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले ट्वीट गरेका छन् । क्यानडाका भारतीय मूलका सांसद चन्द्र आर्यले घटना मात्रै नभएर हिन्दू मन्दिरलाई पछिल्लो समय यस्ता घटनाले निशाना बनाइएको बताए ।

“क्यानाडाली खालिस्तानी चरमपन्थीहरूद्वारा टोरन्टो बीएपीएस श्री स्वामीनारायण मन्दिरको तोडफोडको सबैले निन्दा गर्नुपर्छ । यो केवल एक पृथक घटना होइन ।

विगतमा क्यानाडाका हिन्दू मन्दिरहरू यस प्रकारका घृणित अपराधहरूद्वारा लक्षित भएका छन् । हिन्दू क्यानाडालीहरू वैध रूपमा चिन्तित छन्,“ आर्यले ट्विट गरेको छन् । यो समाचार नेपालपाना डटकमले प्रकाशित हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ