काठमाडौं, १८ कार्तिक । युक्रेन युद्धको जागरणमा विश्वका प्रमुख शक्तिशाली देशहरूले आफ्ना राजनीतिक तथा आर्थिक लक्ष्यबारे भविष्यका कार्याहरूको मार्गचित्र कोरिरहन ब्यस्त भइरहेका बेला चीनले ‘उपहार कूटनीति’ समेत गरी चुपचाप विविध नीतिगत उपकरणहरू अफ्रिकामा यो महादेशका खानीहरू समेत गरी यहाँका विद्यमान तथा भविष्यका समेत सम्पत्तिहरूको सुरक्षा गर्न जासुसी गरिरहने क्षमता सुदृढ गर्न धकेलिरहेको छ ।
शून्य कोभिड नीतिका कारण देश भित्र चीनले आर्थिक ह्रासको असान्दर्भिक समस्याका बाबजुत पूर्वी एसियाली देश चीनले अफ्रिकाका देशहरूमा भवन, रंगशाला, प्रहरी प्रधानकार्यालय र अन्य पूर्वाधार निर्माण उपहारमा दिइरहने कार्यमा बन्देज लगाएको छैन् ।
जुलाई १४–१७मा जाम्बिायले चीनको आर्थिक सहयोगमा बनेको किनेथ काउन्डा इन्टरनेसनल सम्मेलन केन्द्रमा अफ्रिकी संघको अर्धवार्षिक शिखर सम्मेलनको आयोजना ग¥यो । अति आधुनिक सम्मेलन केन्द्रमा २५सय सिट क्षमताको एक हल रहेको छ ।
जिम्बाबेले हालै १४ करोड अमेरिकी डलरको लागतमा ६ तले संसदीय भवनको उद्घाटन ग¥यो । यो चीनको आर्थिक सहयोगमा चीनद्वारा निर्माण गरियो ।बन्दाबन्दीको बेला दक्षिणी अफ्रिकी देश जहाँ १० अर्ब अमेरिकी डलर भन्दा बढीे बाह्य ऋणको भार छ त्यसले चीनबाट उपहारको रूपमा दिइएको संसद भवनको अनवारण गरेको थियो । अफ्रिकामा चीनले निर्माण गरेको यो संसद भवनको उद्घाटन २६औँ थियो ।
अमेरिका आधारित एक थिंकट्यांक संस्था द हेरिटेज फाउन्डेसन अनुसार चीनले हालै चीनले कम्तीमा २६ अफ्रिकी देशमा संसद भवनहरूको निर्माण, विस्तार वा मर्मत सम्हार कार्य गरेको छ जसमा मोजाम्बिक,लेसोथो, गुइनिया बिसाउ र मालावी रहेका छन् ।
कम्तीमा २४ राष्ट्रपति वा प्रधानमन्त्री निवास, कम्तीमा ३२ सेना वा प्रहरी बस्ने स्थानहरू र कम्तीमा विदेश मामिलाका भवनहरू चीनले बनाएको छ । यी सबै उपहार कूटनीतिक अन्तर्गत दिइएको छ ।
पूर्वी एसियाली देशले अहिले इथोपियाको राजधानी आदिस आबाबामा रोग नियन्त्रण तथा रोकथामको अफ्रिकी केन्द्रको निर्माण आर्थिक सहयोग गरी गरिरहेको छ ।९० हजार वर्ग मिटर क्षेत्रमा निर्माण भइरहेको यो विशाल निर्माण परियोजना यो डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।सन् २०१२मा आदिस आबाबामा अफ्रिकी युनियनको प्रधान कार्यालय २० करोड अमेरिकी डलरमा बनाएर दिए पछि युथोपियामा चीनको आर्थिक सहयोगमा बनिरहेको दोस्रो परियोजना हो । जुलाई २०२२मा चीनले जुलिअस निरेरी नेतृत्वको विद्यालय ४ करोड अमेरिकी डलरमा बनाएर तान्जनिया सरकारलाई जिम्मा लगायो ।विदेश मन्त्रालय भवनहरूमा मोजाम्बिक, सिएरा लिओन र युगान्डामा चीनको उपहारको रूपमा निर्माण भइरहेको छन् ।
चीनलाई नियालिरहेकाहरूलाई यसले चकित पारिरहेको छ र उनीहरूले चीनले जुन सौम्यता प्रदर्शन गर्न खोजेको छ त्यसरूपमा लिरहेका छैनन् । सन् २०१८मा फ्रान्सको अखबार ले मोन्डेले शून्य लागतमा अफ्रिकामा ठुला ठुला पूर्वाधारका परियोजनाहरू बनाउने पछाडिको मनसाय नग्नरूपमा प्रस्तुत ग¥यो ।
अफ्रिकी युनियनको अज्ञात स्रोत उल्लेख गरी त्यो फ्रान्सेली अखबारले पाँच वर्ष(सन् २०१२देखि २०१)सम्म चीनले आदिस आबाबामा अफ्रिकन युनियनको प्रधानकार्यालय निर्माण गरी त्यहाँ गुप्तरूपमा डिभाइस राखेर त्यहाँका कम्प्युटरहरूबाट चिनियाँ सर्भरमा डेटा पठाएको उल्लेख ग¥यो ।ले मोन्डेले यस्ता गतिविधिको जानकारी जनवरी २०१७मा थाहा भयो जतिखेर टेक्निसियनहरूले मध्यरातदेखि २ बजे सम्म हरेक रात डेटा उपयोग गरिएको र खाली हुने गरेको चाल पाए । फ्रान्सेली दैनिकले अफ्रिकी युनियनका सबै गुप्त डेटा संघाईको सर्भरमा कपी भएको जनायो ।
मिडिया रिपोर्टहरू अनुसार चीनद्वारा ह्याकिङ गरिएको थाहा भएदेखि अफ्रिकी युनियनले आफ्नो सर्भर ल्याएको र ती सर्भरलाई फेरि मिलाइदिने चिनियाँ प्रस्तावलाई अस्वीकार गरेको देखियो ।सन् २०१८मा यो भनियो ।अल्जिरियन र युथोपियन अधिकारीहरूले कुनै पनि संदिग्ध वस्तु वा माइक्रोफोनको हरेक भवनमा चेकजाँच गरे । फेब्रुअरी २०२१मा द फिनान्सिअल टाइम्सले एक अमेरिकी अधिकारीको भनाइ उल्लेख गरी अफ्रिकाको जिनोम डेटाको जासुसी गर्न आदिस आबाबामा रोग नियन्त्रण तथा रोकथामको लागि अफ्रिकी केन्द्रको प्रधान कार्यालय चीनले बनाइरहेको उल्लेख गरेको छ ।
चीनले राष्ट्रपति भवन वा विदेश मन्त्रालय जस्ता संवेदनशील पूर्वाधारहरू उपहारमा किन दिइरहेको छ भन्ने सबाल जर्ज वासिंटन युनिभर्सिटीका प्रोफेसर डेभिड शिनले आफ्नो तर्क प्रस्तुत गरे ।यो साउथ चाइना मर्निङ पोस्टले उनको तर्कलाई उल्ले गरी यस्ता पूर्वाधारहरू जब निशुल्क निर्माण गरिन्छ उनीहरू अपरिहार्यरूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्छन् । त्यहाँ गुप्त निगरानी गर्ने डिभाइस जडान गर्ने उद्देश्य रहेको कुरोलाई इन्कार गर्न सकिँदैन् ।
यद्यपि विश्लेषकहरू माझ चासोको विषय भनेको यी भौतिक सम्पत्तिहरूमा जे उत्पन्न भइरहेको छ त्यो भनेका चीनले अफ्रिकी देशहरूमा अन्तर सरकार दूरसञ्चार नेटवर्कको विकास पनि गरिसकेको छ । ह्वावे र ट्रान्सिन समूह जस्ता चिनियाँ कम्पनीहरूले मात्र डिजिटल पूर्वाधार विकास गेका छैनन् कि स्मार्टफोनहरू पनि बनाएका छन् ।यी स्मार्टफोन अफ्रिकामा बनेर चिनियाँ कम्पनीहरूको पहुँचमा हुनेगरी धन स्थानान्तरण गर्ने एप जडान गरी आएका छन् ।
अझ अफ्रिकी नागरिकहरूले यस्ता डिजिटल टेक्नोलोजी उपयोगी भएको फेला पार्छन तर यसको प्रतिकूल असर भनेको ती व्यक्तिहरूको वित्तीय गतिविधिहरूको निगरानी गर्न पाउने अवसर चीनलाई दिइरहेको हुनसक्ने छन् । तर त्यतिखेर समयमा चिनियाँ दूरसञ्चार टेक्नोलोजीहरू अफ्रिकी देशहरूमा विरोधीलाई तारो बनाउन प्रयोग पनि गरिन्छ । भ्वोइस अफ अमेरिकाले चिनियाँ विशाल टेक कम्पनी ह्वावेको सहयोगबाट युगान्डा र रवान्डा सरकारले आफ्ना विरोधीहरूको ह्वाट्सएप र स्काइप ह्याकिङ गरेको रिपोर्टहरू रहेको जनायो ।
अफ्रिकामा चिनियाँ गतिविधिहरूमाथि प्रकाश पार्दै द हेरिटेज फाउन्डेसनले चीनको उपहार कूटनीतिले दुई उद्देश्य पूरा गर्ने गरेको जनायो । पहिलो यसले चीनलाई अफ्रिकी नेताहरूको गतिविधिमा निगरानी गर्न सहयोग पु¥याउँछ दोस्रो यसले अफ्रिकी देशहरूलाई संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संघ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयागका लागि अधिकांश निर्भर बनाइरहन्छ । द वासिंटन डीसी आधारित थिंकट्या.कले सन् २०१९को घटनालाई उल्लेख गर्छ जतिखेर ३७ अफ्रिकी देशहरूले सिनजिआन क्षेत्रका उगुरमा चीनको मानव अधिकार उल्लंघनको बचाउ गर्दै एक पत्र लेखे ।
यसैगरी जुन २०२०मा २५ अफ्रिकी देशहरूले विवादित हङकङको राष्ट्रिय सुरक्षा कानुनको विषयमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा चीनको समर्थनमा उभे । अयिन यो वर्ष अक्टोबर ६मा जब बेलायत, टर्की र अमेरिकाले ४७ सदस्यीय मानव अधिकार परिषद्मा उगुर र अन्य आदिवासी अल्पसंख्यक विरुद्ध मानव अधिकार उल्लंघन चीनमा भएको भनी एक प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको बेला एक मात्र सोमालियाले पक्षमा अन्य सबै अफ्रिकी देशहरूले विपक्षमा मतदान गरे ।
उपहार, आर्थिक लाभ र व्यापारमा अफ्रिकी देशहरूलाई सहयोग गरी चीनले उनीहरूलाई किनेका छन् ।उनीहरूले तिनका जनता र वैश्विक सन्दर्भमा स्वतन्त्रताका लागि गर्नुपर्ने काम गर्न नसक्ने गरी चीनले उनीहरूलाई किनेको छ भन्दा अतिशयोक्ति हुनेछैन् । —एजेन्सी
तपाईको प्रतिक्रिया