प्रधानमन्त्री केपी ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण हठात् एकीकृत हुन पुगेको राजपा र समाजवादी पार्टीले नयाँ नाम ‘जनता समाजवादी पार्टी’ राख्दै आफ्नो अन्तरिम विधान र घोषणा पत्र प्रस्तुत गरेको छ । बैशाख १० गते मध्यरातमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र महेन्द्रराय यादव तथा समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले संयुक्त विज्ञप्ति मार्फत् हस्ताक्षर गरी दुवै पार्टीको एकीकरण गरिएको घोषणा भएको थियो ।
रामजनम तिवारी, नेपाल सदभावना परिषद र पछि बनेको नेपाल सदभावना पार्टीका संस्थापक नेता मध्येका एक हुन। तिवारी जी का बारेमा यसरी नै परिचय दिईन्छ । र, यही परिचयका कारणबाट उहाँका बारेमा थप खोजिनीतिको आवश्यकतालाई पर सारिन्छ।
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबिच वैशाख १० गते राति एकीकरण भएर ‘जनता समाजवादी पार्टी नेपाल’ नामको पार्टी बने लगत्तै बहुराष्ट्रिय राज्यको चर्चा बढेको छ।
अहिले जसरी सरकारले दुईटा अध्यादेश ल्यायो र खारेज पनि गर्यो । यसबारे विश्लेषण गर्नुभन्दा पहिला पृष्ठभूमिलाई केलाउनुपर्ने हुन्छ । हामीले नेकपाको राजनीतिलाई नजिकबाट हेरिरहेको छु ।
यो पार्टी नेकपा र काँग्रेसमा जस्तो एक जातिको बर्चस्व नहोस्। यस जनता समाजवादी पार्टीको हुनेवाला संरचना हेर्दा मधेश समुदायका नेताहरूको बाहुल्यता हुने देखिन्छ। यो पार्टीलाई कुनै एक निश्चित जाति अथवा समुदायको राजनीतिक पार्टी हो भन्ने आम जनतालाई नपरोस्।
आज विश्व नै कोरोना भाइरस (कोभिड–१९) जस्तो डरलाग्दो महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल सरकारको अनुभूति हुन नसक्नु दुःखलाग्दो कुरा हो । यसरी हेर्दा, मधेशमा बसोवास गर्दै आइरहेका मधेशी जनताको तथ्याड्ढ, अवस्था, बलिदानी तथा संघर्ष नेपाल सरकारको मानसपटलमा ताजै हुनुपर्दछ । फेरि पनि यस्तो महामारीको बेला जनता “रोगलेभन्दा भोकले मर्नु” किन ? कारण के ?
कोभिड–१९ को विश्वव्यापी महामारीले २०२० विश्वमा विकास हराएको वर्ष हुनेमा प्रायः निश्चित नै छ । हाम्रो भौगोलिक अवस्थिति, कामको अवस्था, उमेर, वर्ग स्थिति, लिङ्ग, जातीयता, स्वास्थ्य सेवाहरुको उपलब्धतालगायत सम्बन्धित अन्य कारक तत्वहरुको दायरामा कोभिड–१९ ले आफ्नो प्रभाव देखाएको छ ।
एक्कासौ शताब्दिमा सुचना प्रबिधिले ठुलै फड्को मारेको छ । कालो डसको कमाण्ड लाइनदेखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एमबिको र्याम अनि बिल गेट्सले नै १९८० ताका ६४० केबि र्याम नै पर्याप्त हुन्छ भनेका पनि थिए। कुनै बेला र्याम एउटा निश्चित एकाइमा पुगेपछि थप्नु पर्दैन भन्ने कुरा जुन आज आएर ८ जीबीसम्म बजारमा पाउन थाल्यो ।
हाल विश्वभर तीब्र रुपमा फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नामाकरण गरेको छ । प्रकोप पहिलो पटक चीनको वुहान, हुबेइमा डिसेम्बर २०१९ मा पहिचान गरियो । ११ मार्च २०२० मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा ग-यो ।
नेपाल सरकारले चैत्र १२ गते देखि बैशाख ३ गते सम्म lockdown गर्ने निर्णय गरेको छ। चैत्र ८ गते शुक्रवार सम्म नेपालको अवस्था सामान्य थियो। १० गते बाट सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय चैत्रको ८ गते गर्यो। तर प्राभेट सवारी साधन बन्द गरिने निर्णय गरेको थिएन ।
नोवेल कोरोना भाईरसको महामारीले हामीलाई एक आपसमा जोडिएको संसारमा बाँचिरहेका छौं भनेर पुनः सम्झाएको छ । कोभिड–१९ को महामारीलाई कुनै पनि देशले यसलाई एक्लै सामना गर्न सक्तैन र यदि हामीले यस विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रणका प्रयासहरु अगाडि बढायौं भने हाम्रो समाजको कुनै पनि क्षेत्रलाई बेवास्ता गर्न सकिन्न ।
विश्व नै अहिले कोरोना भाइरस संक्रमणको सन्त्रासमा रहेको छ । प्रत्येक देश कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन केन्द्रित हुनु परेको छ । सबै देशहरु आफ्ना अवस्था र स्थितिअनुसारको निर्णय लिने बाध्यतामा छन् । कोरोना विरुद्धको संघर्ष नै अहिलेको प्रमुख संघर्षको रुपमा रहेको छ ।
एकान्तवास (Isolation) अक्सर पीडादायी नै हुन्छ । यो सामाजिक कनेक्टिविटी, राम्रो प्रतिरक्षा, सम्बन्ध सुधार, तनाव व्यवस्थापन र लचिलो लामो जीवनसँग जोडिएको हुन्छ । यसका वावजुद पनि आज पुरा विश्व नै नोवेल कोरोना भाईरस अर्थात् कोभिड–१९को चपेटामा रहेको वर्तमान अवस्थामा समग्र मानव जगत आफ्नो अस्तित्व रक्षाका खातिर लकडाउनमा छन् ।
हाल सालै चिनबाट कीट ल्याउन ह्वाइट बडि ( White Body ) आउदो शनिबार बैजिङ्ग जाने भएको छ तथा योसंगै चिनसंग जोडिएको उतरी नाका खोल्ने निर्णयले नेपाल र नेपालीलाई थप संकट्मा पारिने देखिएको छ।
नेपालको सन्दर्भमा मधेश भनेर सिवालिक पहाडहरुको दक्षिणतर्फ रहेको तराई क्षेत्रको समथर भू—भाग लाई चिनिन्छ । तराईवासीहरु माझमा पहिचानको आधारको रुपमा रहेको सांस्कृतीक र भाषिक भूमी भनी मधेश परिभाषित रहेको छ ।
भारत सरकार, भारतीय राजदूतावासबाट नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत हेल्दी नेपाल कम्युनिटी फाउण्डेसनले तराईका ९ जिल्लामा गरेको स्वास्थ्य परीक्षण र उपचारसहितको अध्ययनले करिब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको पाठेघर खस्ने समस्या रहेको पाइएको थियो ।
उटा महिला शिक्षित भयो भने सिङ्गो परिवार, समाज हुँदै राष्ट्रलाई परिवर्तनको मार्गमा लम्काउन सकिन्छ । विश्वको विकसित राष्ट्रहरूलाई पनि मध्यनजर गर्ने हो भने पुुरूषको तुुलनामा महिलाहरू पनि शिक्षामा अगाडि रहेको देखिन्छन् ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तीनवर्षे कार्यकाल १५ पुसमा पूरा गरेका छन् । आफ्नो कार्यकाल पूरा गर्र्नुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेश मन्त्री प्रदिप ज्ञवालीसँग बिदाइ भेट गरे ।
भारतको आन्तरीक राजनीतिमा नेपालका केही पहाडीवर्गको वामपन्थि रूझानयुक्त सरकारी र मिडिया ‘हस्तक्षेप’ पाईएकोले कूटनीतिक प्रश्नहरू तेर्सिएका छन् । जस्तै, भारत सरकारले नागरिकता संशोधन कानुन (सिटिजन एमेन्ड्मेन्ट ऐक्ट, सिएए) हाल त्यहाँको लोक र राज्य दुईटै सभाबाट पारित गरेको छ भने राष्ट्रिय नागरिक पञ्जिकरण (नेशनल रेजिडेन्ट् रजिष्ट्रेशन सर्टिफिकेट, एन्आरसी) कानून महिनौं अघि असमबाट लागू गरिसकेको छ ।
नेपालको सीमानामाथि सोसल मिडियाको जमानामा वैज्ञानिक तथा चौतर्फी अध्ययनको शुरूवात भने भएको पाइन्छ । यस प्रकार यदि विभिन्न स्रोतहरूलाई आधार मान्ने हो भने नेपालका सीमा मिच्ने कार्य भारत तथा चीन दुईटैबाट भएको पाईन्छ ।
क्रान्ति, समृद्धि, जनता र लोकतन्त्रजस्ता शब्दको गहना भिरेर हिँड्ने आजका कथित नेताहरूले जंगबहादुरले सिमानामा गाडेको खम्बासम्म जोगाउने क्षमता पनि देखिएन, किन ? कालापानी प्रकरणले सचेत नेपालीलाई आफ्नो इतिहास स्मरण गर्न बाध्य तुल्याएको छ ।
जब म सानो थिएँ, जातजाति, धर्मबीचको फरक छुट्याउन सक्दिन थिएँ । अलिक ठूलो भएपछि जब काठमाडौं आएँ, यहाँका सरकारी कार्यालयहरूमा जाँदा यो त मधेशी पो रहेछ भनेर इंगित गर्दा पो थाहा भयो मधेशी भनेर मलाई नै भनिरहेका रहेका छन् । विस्तारै चेतना वृद्धि हुँदै जाँदाखेरी म कतै जाँदै थिए त्यहाँ दलितहरूको बस्ती थियो ।
नेपाल भ्रमण वर्ष अर्थात Visit Nepal 2020 घोषणा गरिएको छ । त्यसको प्रचार/प्रसार पनि जारी छ । तर भ्रमण वर्षको तयारीको क्रममा पहिलाको भ्रमण वर्ष झैं यस पटक पनि त्यसको प्रभाव र गतिविधिबाट तराई/मधेश बेखबर छ ।
एकातिर संविधान जारी भइरहँदा अर्कोतिर टाउको र छातीमा गोली हानिँदै थियो । एकातिर दिपावली मनाइँदै थियो, अर्कोतिर लाश जल्दै थियो । एकातिर खुशियाली मनाइँदै थियो, अर्कोतिर शोक ।