4/16/2021

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले हङकङ माथि चीनको राजनीतिक दमनको आलोचना गरेको छ। युरोपेली सङ्घको विदेश मामिला परिषद्को बैठकमा ईयू उच्च कूटनीतिज्ञ जोसेफ बोरेलले हङकङको अवस्था नाजुक बन्दै गएको भन्दै चीनको कदमको आलोचना गरेको छ ।

4/16/2021

आम्स्टर्डम । चीनमा मुस्लिम अल्पसङ्ख्यक उईगुर समुदाय माथिको दमन तथा नरसंहार रहेको भन्दै नेदरल्याण्डमा संसद्ले गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ ।

4/16/2021

काठमाडौं । चीन सरकारको रोग नियन्त्रण केन्द्रका प्रमुख अधिकारीले स्थानीय खोप अर्थात् चीनमा उत्पादित खोपको प्रभावकारिता न्यून रहेको बताएका छन् ।

4/15/2021

नयाँदिल्ली । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

4/15/2021

काठमाडौँ । भारतको महाराष्ट्रमा बुधवारदेखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् ।

4/13/2021

काठमाडौँ । भारत र मालदिभ्सले सीमा आतङ्कवाद विरुद्ध निरन्तर लड्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ । हिंस्रक आतङ्कवाद र विद्रोहवादको विरुद्धको संयुक्त कार्य समूहको पहिलो बैठकपछि जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले यस्तो आव्हान गरेका हुन् ।

4/8/2021

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धिदरमा भारतले चीनलाई पछि पार्ने प्रक्षेपण गरेको छ ।

4/8/2021

काठमाडौं । फिलिपिन्स र ताइवानले सामना गरिरहेका चीनको आक्रामक कदमको विरोधमा अमेरिकाले चेतावनी दिएको छ । आफ्ना पार्टनरहरूप्रतिको दायित्वका रूपमा अमेरिकाले चाल्न सक्ने कदमबारे बेइजिङलाई सचेत गराउँदै अमेरिकाले चेतावनी दिएको हो ।

4/8/2021

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । नयाँ दिल्लीको एम्समा पुगेर मोदीले दोस्रो डोज लिएका हुन् ।

4/7/2021

मुम्बई । भारतमा अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ ।

4/7/2021

नयाँ दिल्ली । बलिउडका दुई दिग्गज कलाकार राज कपुर र दिलीप कुमारको पाकिस्तानमा रहेका पैतृक घरहरूलाई संग्रहालय बनाइने भएको छ । पाकिस्तानको खैबर पख्तूनख्वाह सरकारले जीर्ण अवस्थामा रहेका कलाकारद्वय घरलाई किनेर संग्रहालयमा परिणत गर्ने तयारी गरेको हो ।

4/7/2021

काठमाडौं । भारतमा थप रुसी सैन्य उपकरणहरू बनाउनका लागि छलफल भइरहेको रुसका विदेश मन्त्री सर्गेई लाभ्रोभले बताएका छन् ।

4/6/2021

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा कडा लकडाउन लागु गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहँदा महाराष्ट्रमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो ।

4/5/2021

बेइजिङ । अमेरिकी रक्षा राज्यमन्त्री कथलिन हिक्सले आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा चीनको आक्रामक गतिविधि विश्वव्यापी व्यवस्थामा खतरा हुने चेतावनी दिएकी छिन् ।

4/5/2021

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले चीनले सिन्जियाङमा अल्पसङ्ख्यक उइगर मुस्लिमहरूमाथि नरसंहार गरेको जनाएको छ । मानवअधिकार सम्बन्धी एक रिपोर्टमा चीनले सिन्जियाङमा नरसंहार गरेको जनाइएको हो ।

4/4/2021

नयाँदिल्ली । भारतको छत्तीसगढस्थित बीजापुरमा विद्रोही भारतीय कम्युनिट पार्टी माओवादी र सरकारी फौजबीच भीषण भिडन्त भएको छ । भिडन्तमा २२ सरकारी जवानको ज्यान गएको छ ।

4/4/2021

मुम्बई । भारतमा महिलाहरूलाई कोरोना विरुद्धको खोप लगाउन छुट्टै खोप केन्द्र स्थापना गरिएको छ । महाराष्ट्र सरकारले विशेष गरी महिलाहरूको लागि १८९ विशेष खोप केन्द्र स्थापना गरेको हो ।

4/4/2021

काठमाडौँ । चिनियाँ हाइड्रो पावर बाँधका कारण मेकोंग नदीमा पानीको स्तर चिन्ता जनक स्थितिमा पुगेको छ ।

4/4/2021

नयाँ दिल्ली । भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

4/2/2021

काठमाडौं । भारतले बिटकोइनलगायतका विभिन्न क्रिप्टोकरेन्सी प्रतिबन्ध गर्ने कानुन बनाउने भएको छ । भारत सरकारका एक उच्च अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको व्यापार, माइनिङ र त्यस्तो डिजिटल सम्पत्ति राख्नेहरूलाई जरिवाना समेत तोकिनेछ ।

4/2/2021

कोलम्बो । चीनको एक कम्पनीले श्रीलङ्काको राष्ट्रिय झन्डालाई डोरम्याट बनाएपछि श्रीलङ्का र चीनबिचको सम्बन्धमा तिक्तता देखिएको छ । चीनको एक उत्पादक कम्पनीले श्रीलङ्काको झन्डाको डोरम्याट बनाएपछि द्विपक्षीय सम्बन्धमा पनि दरार पैदा भएको हो ।

4/1/2021

काठमाडौं । भारतीय अभिनेता रजनीकान्तलाई दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

4/1/2021

नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको छ । उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले यसबारे जानकारी गराएको हो ।

4/1/2021

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमणका क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई १२ लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपहारमा दिएका छन् । उक्त क्रममा उनले १०९ एम्बुलेन्सको चाबी पनि हसिनालाई दिएका दिएका छन् ।

3/29/2021

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा होली मनाइएको छ ।



ट्रेन्डिङ