1 year ago

क्षेत्रीय शक्तिका रूपमा उदाएको भारतले यसका छिमेकीहरूसँगको सम्बन्धलाई समय सापेक्ष सुधार गर्नुपर्ने छ ।

1 year ago

सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नाराका साथ स्थानीय तह गठन भएको लगभग दुई वर्ष भइसकेको छ । तर, जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । विकासको योजना बनाउँदा समानुपातिक भन्दा पनि वर्गीय आधारमा बनाउनु आवश्यक हुन्छ । स्थानीय नागरिकको आवश्यक्ता पहिचान गरेर बनाईएको योजना मात्र दिगो विकासको आधार बन्न सक्छ ।

1 year ago

मुलुकमा कांग्रेस र कम्युनिष्टका दुई भिन्न धुरी देखिए पनि सत्तामा रहँदाको प्रवृत्ति उही छ । त्यो स्थितिलाई नयाँ दलले कसरी चिर्छ भन्ने प्रश्न पनि छ । यद्यपी अहिले पनि नयाँ दललाई पत्याइसकेको अवस्था छैन किनभने दल नयाँ भएपनि पात्र पुरानै हुन् ।

1 year ago

वाम पृष्ठभूमिबाटै आएका यादव, राई र भट्टराई नेतृत्वको छुट्टाछुट्टै दल एउटै नेतृत्व अन्तर्गत समाहित हुनु नेपाली राजनीतिको लागि सुखद् पक्ष भए पनि राजनीतिक सिद्धान्त र विदेश नीति प्रष्ट नभएसम्म उत्साहित भइहाल्ने स्थिति भने छैन ।

1 year ago

मधेशमा अब जन्मिने वैकल्पिक शक्ति राज्यसँग वार्ता वा सहमति सम्झौतामा अल्झिदैंन उनीहरूको आन्दोलनले अलगाववादीलाई बल पु¥याउँछ जसले गर्दा अहिले मधेशको मुद्दालाई लिएर राजनीति गरिरहेका दलहरूको अस्तित्व समाप्त हुन्छ ।

1 year ago

शहीदहरूको सपना अहिलेसम्म पनि पूरा भएको छैन । एकातिर यो क्रमिक प्रतिगमन र षड्यन्त्रको शिकार भइरहेको छ भने अर्कोतिर यी मूल्यहरूलाई संरक्षण गर्ने र यसका लागि संघर्ष गर्ने शक्तिका नितान्त अभाव देखिन्छ ।

1 year ago

गरिबीका कारण बाल श्रम गर्नुपर्ने, आफूभन्दा साना भाइबहिनी हेरेर अभिभावकलाई काममा पठाउनु पर्ने लगायत कारण पनि बीचमै विद्यालय छाड्नेको संख्या उच्च छ । सरकारले यस वर्षदेखि सुरू गरेको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमले नियन्त्रणका लागि केही सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

1 year ago

संविधान संशोधनका लागि भन्दै फोरम वर्तमान सरकारमा गएको छ तर उसले मुख्य रूपमा उठाउँदै आइरहेको माग पूरा गराउन असफल भएको छ । तर पनि लाज पचाएर सत्तामा बस्नु भनेको मधेशका लागि ठगि गर्नु होइन ?

1 year ago

सीके राउतलाई राजनीतिक व्यवहार गर्न सक्ने सरकारले विप्लवलाई किन राजनीतिक अछुतका रूपमा व्यवहार गर्यो भन्ने तर्क पनि उठेको छ ।

1 year ago

विगत वर्षझैं यसवर्षको रंगहरूको पर्व होली पहाड र मधेशमा दुई दिन मनाइएको छ । होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाइने गरिन्छ ।

1 year ago

मधेशबाट साढे ४ प्रतिशत मत ल्याउने राजपा सिंगो मधेशका हरेक समस्या समाधानका जिम्मेवार हुने अथवा त्यहा“बाट साढे ९५ प्रतिशत मत ल्याउने कांग्रेस, तत्कालीन माओवादी र एमालेको पनि दायित्व हुनुपर्छ वा पर्दैन भनेर एउटा अहम् प्रश्न हो ।

1 year ago

जनकपुरमा संघीयता कार्यान्वयन र संविधान संशोधनबारे हालै छलफल भएको छ । छलफलमा सहभागी विभिन्न दलका शीर्ष नेताहरूले आआफ्नै किसिमका तर्क गरे ।

1 year ago

प्रदेश २ मा भएका सम्भावनाहरूलाई केलाएर कार्यान्वयनमा लैजान यो प्रदेशबाट निर्वाचित भएका प्रतिनिधिहरूको पहिलो दायित्व हो ।

1 year ago

मधेशका पिछडिएको क्षेत्रको विकासका लागि पूर्वाधार विकासलगायतका कार्यक्रमहरू पनि संघीय सरकारको बजेटमा व्यवस्था गरिएको छ । तर यस्ता कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्नसके मात्र प्रभावकारी हुनेछन् ।

1 year ago

संघले अभिभावकत्व गर्नुको सट्टा प्रदेश र स्थानीय तहलाई कार्यान्वयन इकाईका रूपमा मात्र लिएर संघीयताविरोधी रुझान यसमा स्पष्ट देखिन्छ ।

1 year ago

तर व्यापक रूपमा बढेको प्रदूषण नियन्त्रण गर्ने कार्य सबैभन्दा ठूलो चुनौती हो । अर्को चुनौती पूरै प्रदेशलाई खुला दिसामुक्त गर्नु हो ।

1 year ago

दुर्गानन्द झा, कामेश्वर–कुशेश्वर, डा. एलएन झा, शाकेतचन्द्र मिश्रजस्ता अनेकौं मधेशपुत्रले आन्दोलनको यस क्रमलाई निरन्तरता प्रदान गर्दै शहादत प्रदान गरेको कुरा कसैबाट लुकेको छैन ।

1 year ago

पार्टीलाई गतिशील र संगठित बनाउनु पर्ने जिम्मेवारी नयाँ संयोजक महेन्द्र राय यादवमाथि छ ।

1 year ago

कार्यकक्षमा नै मन्त्री र सचिवस्तरका व्यक्तिबीचको हात हालाहालको घटनाले नेपालको संस्कार देखाएको छ ।

1 year ago

प्रधानमन्त्रीले राजपासँग मधेशको मुद्दा समाधान गर्न एक हप्ताको समय मागेका थिए भने फोरमले पनि मधेशको मुद्दाको समाधान नभएको भन्दै प्रधानमन्त्रीलाई स्मरण गराएका थिए । यी दुवैलाई बिर्सेर प्रधानमन्त्रीले संसदलाई छल्नु भनेको पक्कै राम्रो राजनीतिक चरित्र होइन ।

1 year ago

संविधान संशोधन समग्र देशकै आवश्यक्ता हो भने ठूला दलहरू नेकपा र कांग्रेसको प्राथमिकतामा किन नपरेको भन्ने एउटा गम्भीर प्रश्न पनि हो ।

1 year ago

प्रदेश २ मा करीब ४८ प्रतिशत जनता गरीबीको रेखामुनि रहेका कारण शीतलहरले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।

1 year ago

कमजोर सीमा सुरक्षा र खुल्ला सिमानाको फाइदा उठाउँदै विभिन्न समूहले साना हतियार र विस्फोटक पदार्थ सजिलै ल्याउने गरेका छन् ।

1 year ago

नेपाल र भारतबीचको परस्परको अन्योन्याश्रित सम्बन्धको गरिमा बढाउने गरी योगीलाई जन्तीसहित पठाउने निर्णय भारत सरकारले गर्नु भनेको उसले जनकपुरलाई उच्च महत्व दिएको प्रतीत हुन्छ ।

1 year ago

धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरधाममा यसको प्रशस्त सम्भावना छ । विवाहपञ्चमी जस्ता पर्वले जनकपुरको पर्यटन क्षेत्रसँगै आर्थिक कारोबार फस्टाउन सक्छ ।