7 months ago

एकताका अफ्रिकी राज्यहरुमा चिनियाँ ऋण लिएर विशाल आयोजनाहरु निर्माण गर्ने ‘ट्रेण्ड’नै चलेको थियो । तर अफ्रिकी अर्थविद्हरुले ती विशाल आयोजनाले अपेक्षा गरेको जस्तै कमाउन नसक्ने निक्र्यौल निकालेपछि ती राज्यहरुले चीनको शर्तमा ऋण तिर्न असम्भव रहेको निश्कर्षमा पुगेका छन् ।

7 months ago

नयाँ दिल्ली । भारतीय व्यवसायी मुकेश अम्बानी फेरि एसियाकै सबभन्दा धनी भएका छन् । अलिबाबाका संस्थापक ज्याकमालाई पछि पार्दै अम्बानी एसियाका सबभन्दा धनी बनेका हुन् ।

7 months ago

बेलायतमा भारतीय मूलका वैज्ञानिक नोवेल पुरस्कार विजेता प्रोफेसर वेङ्की रामकृष्णनलाई ब्रिटिश कोरोना एक्सपर्ट ग्रुपको एक उच्चस्तरीय समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

7 months ago

नयाँदिल्ली । भारतको दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट एक महिनाको भाडा नलिन घरधनीलाई कडा निर्देशन जारी गरेको छ ।

7 months ago

गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् । माईक्रोसफ्टसका संस्थापक समेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेखी उनले महामारीको नियन्त्रण र रोकथामका लागि चालेको कदमहरुको सराहना गरेका हुन् ।

7 months ago

नयाँदिल्ली । भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि नयाँ अध्यादेश ल्याएको छ । सञ्चार तथा प्रसारण मन्त्री प्रकाश जावाडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमण असह्य हुने भन्दै आध्यादेश ल्याएको बताएका छन् । ’महामारी रोग कानुनसम्बन्धी अध्यादेश क्याबिनेटले पास गरिसकेको छ। राष्ट्रपति प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आउँछ,’ उनले भने ।

7 months ago

नयाँदिल्ली । अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा पाँच अर्ब ७० करोड डलर (चार खर्ब ३५ अर्ब ७४ करोड भारु) लगानी गर्ने भएको छ ।

7 months ago

एजेन्सी । चीनको वुहानको एक इन्ष्टिच्यसटमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक भएका छन् ।

7 months ago

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पनि कोभिड–१९ परीक्षण हुने भएको छ । उनले कोरोनाभाइरस पोजिटिभ देखिएका व्यक्तिसँग भेटवार्ता गरेपछि उनको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

7 months ago

नयाँदिल्ली । भारतले वैदेशिक लगानीसम्बन्धी नीतिमा संशोधन गर्दै चिनियाँ लगानीमा अंकुश लगाएको छ । भारतको उक्त निर्णयप्रति चीनले विरोधसमेत जनाएको छ । भारतले गत शनिबार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिमा महत्त्वपूर्ण संशोधन गरी सूचना जारी गरेको थियो ।

7 months ago

नयाँ दिल्ली । कोरोना नियन्त्रणका लागि चार सातादेखि लकडाउनमा रहेको भारतीय जनजीवन जटिल बनिरहेको वेला त्यहाँको हुलाक सेवा सक्रिय बनेको छ । लकडाउनका कारण औषधि आपूर्तिमा असहज परिस्थिति उत्पन्न भएपछि हुलाक सेवाले आफ्नो सक्रियता देखाएको हो ।

7 months ago

नयाँ दिल्ली । नयाँदिल्लीमा रहेका सरकारी अस्पतालमा मिडिया सेल स्थापना गरिने भएको छ । मंगलबार नयाँदिल्ली सरकारले सो निर्णय गरेको हो । नयाँदिल्लीमा रहेका सबै सरकारी अस्पतालले कोभिड–१९ बारेको सूचना सम्प्रेषणमा सहयोग पु¥याउन मिडिया सेल स्थापना गरिएको उनले बताए ।

7 months ago

बर्लिन । विश्वमा फैलिरहेको कोरोना भाइरसको महामारीको बीचमा जर्मनीको एक पत्रिकाले चीनसँग उक्त भाइरस फैलाएको आरोपमा १ सय ३० अर्व पाउण्ड बराबरको क्षतिपुर्ती माग दावी गरेको छ ।

7 months ago

नयाँ दिल्ली । भारतमा जारी लकडाउन मे ३ अर्थात वैशाख २१ गतेपछि खुकुलो हुने भएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहको नेतृत्वमा बस्ने बैठकले लकडाउन खुकुलो बनाउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

7 months ago

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै धर्मावलम्बीलाई ऐक्यवद्ध बन्न आग्रह गरेका छन् । कोरोना भाइरसबाट विश्वभर २४ लाख ७ हजार जना संक्रमित भइसकेको र १ लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको अवस्थामा मोदीले विश्वलाई नयाँ व्यापारिक मोडलमा जानु पर्ने भएकाले सबै धर्माबलम्बी ऐक्यबद्ध हुनुपर्ने बताएका हुन् ।

7 months ago

सन् २०२० को पहिलो त्रैमासिकमा चीनको जीडीपीमा ६.८ प्रतिशतको गिरावट आएको छ । सन् २०१९ को पहिलो त्रैमासिकको तुलनामा यति प्रतिशतको गिरावट देखिएको हो । यदि यसअघिका त्रैमासिकसँग यसको तुलना गर्ने हो भने चिनियाँ अर्थव्यवस्थामा यो गिरावट अझ धेरै छ । पछिल्लो त्रैमासिकको तुलनामा यो गिरावट ९.८ प्रतिशत छ ।

7 months ago

नयाँदिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयले १४ हजार ३७८ जना कोरोनाभाइरस संक्रमितमध्ये चार हजार २९१ संक्रमित दिल्लीको निजामुद्दीन क्षेत्रमा सञ्चालित मर्कज समारोहसँग सम्बन्धित रहेको जनाएको छ ।

7 months ago

नयाँदिल्ली । चीनबाट निर्यात गरिएको तीन लाख टेस्ट किट भारत पुगेको छ । चीनको ग्वान्झाओबाट एयर इन्डिया बिमान तीन लाख थान कोरोना परीक्षण सामग्री एन्टीबडी टेस्ट किट बोकेर भारत उडेको थियो ।

7 months ago

नयाँ दिल्ली । अमेरिकाले कोरोना भाइरस महामारीविरुद्ध लड्न भारतलाई ५९ लाख अमेरिकी डलर सहयोग गरेको छ । अमेरिकाले उपलब्ध गराएको उक्त सहयोग संक्रमितको हेरचाह, संक्रमितको परिक्षण तथा समुदायलाई सचेत गराउने कार्यक्रमहरुमा उपयोग हुने छ ।

7 months ago

नयाँदिल्ली । भारत सरकारले ग्रामीण क्षेत्रलाई राहत दिने उद्देश्यले कृषि क्षेत्रका गतिविधि सञ्चालनका लागि दोस्रो चरणको लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको छ ।

7 months ago

नयाँ दिल्ली । काठमाडौं । सरकारले लकडाउनका अवधि ३ हप्ता थप गरेपछि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ५० हजार करोड भारतीय रुपैयाँको आर्थिक तथा वित्तीय प्याकेजको घोषणा गरेको छ ।

7 months ago

नयाँ दिल्ली । विश्वमा जारि कोरोना संक्रमण (कोभिड(१९)को महामारीका समयमा भारतले विश्वका सय भन्दा बढि देशहरुमा औषधी निर्यात गरेको छ । भारतको यो कार्यलाई उसले शुरु गरेको औषधी कुटनीतिका रुपमा हेरिएको छ । अहिले आपतकालको समयमा आफ्ना औषधीहरु मार्फत भारतले विश्वका धेरै देशहरुसँग ब्यापारिक सम्बन्ध स्थापित गरेको छ ।

7 months ago

नयाँ दिल्ली । भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउन लागू भएपछि निजी क्षेत्रका कार्यालयहरुमा निकै प्रयोगमा आएको जुम एपको प्रयोग गर्दा सावधानी अपनाउन निजी क्षेत्रलाई सुझाव दिएको छ ।

7 months ago

लखनऊ । भारतको उत्तर प्रदेश सरकारले राजस्थानको कोटामा फसेका आफ्नो राज्यका विद्यार्थी लिनका लागि २०० बस त्यसतर्फ पठाएको छ ।

7 months ago

नयाँ दिल्ली । भारतले प्यारासिटामोल फर्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोनाभाइरसको प्रकोपको बीचमा भारतले शुक्रवारदेखि यो प्रतिबन्ध हटाएको भारतको बैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ ।