महन्थ ठाकुर नेपाली राजनीतिका चिर परिचित व्यक्ति हुन् । अहिलेसम्म ठाकुरले आदर्शवादी र नैतिकवान नेताको पहिचान गुमाएको छैन । लगभग चार दशक नेपाली काँग्रेसमा आबद्ध रहेका ठाकुर २०६४ सालमा काँग्रेस त्याग गरेर मधेशकेन्द्रित राजनीतिमा सकृय भएका थिए । काँग्रेसमा रहँदा पनि असल छवि बनाएका ठाकुर मधेशकेन्द्रित दलमा पनि आफ्नो छविमा दाग लाग्न दिएको छैन ।
जसपाको रोजाई ओली कि ओलीको विकल्प प्रष्ट भई नसकेको अवस्था छ । सके जसपाको साथ लिएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने । आफ्नो नेतृत्वको सरकारलाइ निरन्तरता दिन नसके विकल्पमा सरकार नै गठन हुन नदिने खेलमा प्रधानमन्त्री ओली रहेका छन् । ओली नेतृत्वको सरकारले निरन्तरता पाउन नसकेमा, अर्को सरकारको गठन गर्ने प्रकृया आरम्भ हुन्छ ।
अहिलेसम्म प्रधानमन्त्री ओलीजीसँग कुनै पनि सम्झौता भएको छैन । उहाँ आश्वासन दिनुभएको छ, कामकारबाही अगाडि बढाउनुभएको छ । स्वाभाविकरूपले उहाँसँग हाम्रो भेटघाट निरन्तर भइरहेको छ । अन्य नेताहरूसँग पनि भेटघाट भई नै रहेको छ । शेरबहादुरजी भन्नुहुन्छ कि कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, न त सरकार बनाउँछ । एक जना नेता भन्नुहुन्छ कि म अविश्वासको प्रस्ताव पेस गर्छु, आउनुस् सबै मिलेर जाऔं । ठूला दलहरू नै आपसमा मिल्न सकेका छैनन् । त्यो हाम्रो विग्रह होइन् । हाम्रो कसैसँग दुश्मनी छैन ।
वैदिक सनातन धर्मालम्बी अर्थात हिन्दुहरुका महत्वपूर्ण चाँड पर्वहरु मध्ये होली एक महत्वपूर्ण पर्व हो। खासगरी नेपाल र भारतमा बिशेष महत्वका साथ होली मनाउने चलन रहेको पाइन्छ। होली बसन्तको चाँड , रंङ्खहरुको पर्व , प्रेमको उत्सव आदि नामले परिचित रहेको छ ।
मिथिलाको माध्यमिकी परिक्रमा को नामले चिनिने मिथिला परिक्रमा सम्भवत विश्वमा सबै भन्दा लामो समय सम्म चल्ने धार्मिक यात्रा मध्येको एक धार्मिक यात्रा रहेको छ । मिथिलाको राजधानी एंम धार्मिक र सांस्कृतकि भूमी लगायत विभिन्न नामले समेत परिचित रहेको ७२ कुण्ड र ५२ कुट्टीको शहर जनकपुरधामको वरिपरी पैदल यात्रा गरी परिक्रमा यात्रा सम्पन्न गर्ने गरिन्छ । यो यात्रा नेपाल र भारत को संयूक्त यात्रा रहेको छ।
नेपालमा वर्षेनी २ करोड ५० लाख क्युफिट काठ इन्डोनेसिया, मलेसिया लगायतका देशहरुबाट आउँछ । काठ निर्यातमा मात्रै वर्षेनी अरवौं रुपैया विदेशिंदै आएको छ । हामी कहाँ प्रशस्त मात्रामा काठ छ, जुन सदुपयोग हुन सकेको छैन । त्यसैले वर्षेनी लाखौं क्यूफिट काठ त्यसै खेर गईरहेको छ । त्यसमा पनि बुढो रुखहरु धेरै छन् । लडेका रुखहरु मात्र काट्ने, खडा रुखहरु काट्न नपाउने व्यवस्थाले गर्दा धेरै बुढा रुखहरु मक्किएर धोद्रिएर त्यसै खेर जाने गरेका छन् । समान्यतया ७०/८० वर्षमा रुख काट्न उपयुक्त हुन्छ । तर हामी कहाँ त्यो प्रचलन छैन ।
केपी ओलीले प्रतिगमनमाथि पनि प्रतिगमन गरेका हुन् । एउटा यिनीहरु संविधान बनाउने बेलामा प्रतिगमन गरे । जनताप्रति कांग्रेस, कम्युनिष्ट सबै मिलेर गरेका हुन् । सबैका लागि संविधान बनाइदिएन । आन्दोलनका एजेन्डाअनुसार संविधान बनाइदिएन । यतिबेला पनि प्रतिमन गरियो । त्यो प्रतिगमनले पनि नपुगेर यो देशको प्रधानमन्त्री भनाउँदा केपी ओलीले फेरि प्रतिगमन गरिहाले ।
मधेश समृद्ध होस् भनेर करिब दुई दशक राजनीतिमा सक्रिय थिएँ । म आफ्नो डा.सीके राउतको स्वतन्त्र मधेश गठबन्धनमा लाग्नु पूर्व पनि अन्य राजनीतिक दलमा सक्रिय थिएँ । मधेशमा जब फोरम, तमलोपा लगायतका राजनीतिक दलहरु उदाए उनीहरुले पनि मधेशलाई समृद्ध बनाउने लगायतका नाराहरु नै दिएका थिए ।
संघीयतासहितको राज्य व्यवस्थालाई औपचारिकता दिलाउने श्रेय मधेशलाई जान्छ । दोश्रो जनआन्दोलन पछि माओवादी समेतको संसद र सरकार गठन भएपछि पुनः प्रतिगमनको दिशामा अग्रसर हुन बाटो खुलाउने क्रममा ल्याइएको अन्तरिम संविधानसँंग असन्तुष्ट परिवर्तनकारी पक्षधरहरूको नेतृत्वमा भएको मधेश आन्दोलनलाई निस्तेज पार्न नेपाली सेना र माओवादी जनसेनाको संयुक्त परिचालन गर्न तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको कुरा धेरै पुरानो होइन ।
दुुर्भाग्य र लज्जास्पद कुुरा हो । जुुन राष्ट्रको राष्ट्रपति एउटा महिला हो, त्यो देशमै दिनहुुँ बलात्कार, महिला हिंसा र करणी भएका छन् । यो कुुर्सीमा बसेकाहरु, नीति नियम बनाउनेहरुलाई डर हुुँदोरहेछ कही आफ्नै छोरा, आफन्त परिहाल्यो भने फेरि गाह्रो होला । कति घटनामा त ठूूला नेता मन्त्रीकै आफन्तहरु रहेका हुन्छन् ।
सत्तालाई मधेशको विषयमा भ्रम यथावत् छ । वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले २०१५ सालको आमनिर्वाचनमा भाग लिँदा प्रारम्भ भएको ‘पहिचानको खोजी’ अझै निष्कर्षमा पुगेका छैन । एउटा सीटमा पनि सफल हुन नसकेको तराई कांग्रेसलाई पहिलो आमनिर्वाचनमा २% मत प्राप्त भएको थियो । गजेन्द्र बाबु (गजेन्द्र नारायण सिंह)को नेतृत्वमा नेपाल सदभावना पार्टीले ४% सीट प्राप्त गरेको थियो ।
रोगी नेपाल, भोगी सरकारको चलखेल र भोकाएको जनताहरुको जलेको उम्लेको पेट छोडेर मेरो दृष्टि र दिमाग मात्र कलम समात्न मान्छ । नेपाल धेरै कुुराले सम्पन्न नभए पनि धार्मिक, जातीय विभेदता, रोगी, भोगी र भोकले परिपूूर्ण, सम्पन्न र समृद्ध हो भनौँ । वर्तमान समयलाई मध्यनजर गर्ने हो भने नेपाल लगायत सारा विश्व कोभिड–१९ को विषम प्रभावले बल्झिएको छ ।
राज्यले जानी–जानी हामीलाई मार्न खोजेको छ । त्यसकारणले अब हामी आन्दोलनै गर्नुपर्छ । भोकै मर्नुभन्दा राज्यले हामीलाई गोली ठोकेर मारोस्, डन्डा हानेर मारोस् । हामी मर्न तयार छौं ।
सदियौंदेखि मधेशीहरु सीमा अतिक्रमणको विरुद्ध लड्दै आइरहेका छन् । सधैं मधेशीलाई भारतीयको संज्ञा दिने महान नेपाली आत्माहरुले कहिले सोचेको हो, किन यति भारतीय भनेर गाली गर्दा पनि यिनीहरु आखिर किन जान्छन् सीमा रक्षा गर्न ! तपाईलाई लागेको होला कि नेपालको भूमिसँग माया छ भनेर तर वास्तविकता योभन्दा धेरै नै फरक छन् ।
समृद्धिका आधार व्यापक रहे पनि केही महत्वपूर्ण छन् । जस मध्ये व्यवसायिक कृषि र पर्यटन नै प्रमुख विकल्प हो । हुन त यस अवधारणलाई सार्थक बनाउन व्यापक अध्ययन अनुसन्धान तथा बहसको आवश्यकता छ । जसले यसको पूर्ण खाका दिन सक्छ । विश्वसंग नेपालले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र कृषि र पर्यटन नै हो । अन्य क्षेत्रमा विश्वसंग तत्काल नेपाल प्रतिशपर्धा गर्न सक्दैन ।
सत्ताको दम्भ र उन्मादमा शासकवर्ग बौलाउँछन् र त्यसले उटपट्याङ्ग हर्कतहरु गर्छन् भन्ने विषयवस्तुहरु पढ्ने र सुन्ने गरेका थियौं । तर हाल आफ्नै देशमा देख्ने, भोग्ने र झेल्ने अवसर यो कमाउनिष्ट पाखण्डी सरकारले जुराइदिएकोले एकदमै दुःखित छु, लज्जाबोध हुँदैछ ।
विश्वभरि कोरोनाबाट प्रभावित भई प्रवासमा कामदारहरु दिनहुँ कुनै न कुनै कारणवश आफ्नो रोजगारी गुमाइरहेको अवस्थाको बारेमा सबैमा जगजाहिर नै छ । प्रवासमा विगत पाँच महिनादेखि तलब खाना भत्ता र काम नपाएको अवस्थाले उत्तिकै पिरोलेको छ ।
जसपा पुरानै पार्टीहरूको डुप्लीकेट हुने हो भने नेपाली जनतालाई अर्को भारी बोकाउन आवश्यक छैन । त्यसैले हिमाल, पहाड, मधेश जोड्ने सच्चा राष्ट्रिय पार्टी बनाउने तथा सम्पूर्ण मधेश जोडि विगतमा जातिवादी पार्टी वा जातिवादी नेतृत्वको आरोप नष्ट गरि समग्र मधेश मधेशीको हितैषी पार्टी बनाउनु जरुरी रहेको छ ।
निश्चय पनि अहिले राष्ट्रियताको सवालमा विभिन्न कोणबाट मधेशी जनतामाथि प्रहार भइरहेका छन्, अनेक भ्रम फैलाउने कार्य भइरहेको देख्दा पंक्तिकार आफैले आफैलाई सोधिन्छ– “मकुन देशको नागरिक हुँ?, मेरो देश कुनहो ?, मेरो पहिचान के हुने ?, मेरो सामथ्र्य के हुन्छ ? र मेरो भाषा संस्कृति, रहनसहन के हुने ?”, दर्जनौं प्रश्नउब्जिरहेका छन्, यद्यपी आजसम्म उत्तर भेटिएको देखिन्न ।
कलाको धनि 'म ' र 'उ' दुवै एक्कै सिक्काका दुइ पाटो, दुई शब्द ट्वीट गर्ने "म " बिरांगना र मौन धारण गर्ने उ लाटो। आज भोलि सामाजिक संजालमा अभिनेत्री मनिषाको वीरताको गाथा गाउने क्रममा कालापानी बिषयमा मौन बसेका गायक उदित नारायणको राष्ट्रियता माथि सन्देह र मानमर्दन गर्न थालिदै छ।
संविधान संशोधन गरि निशान छापमा लिम्पियाधुरा सहितको नेपालको नक्सा राख्नु भन्दा पहिला गम्भीर होऔ। यदि नेपालको नक्साकै कारण मौज्दात निशान छाप परिवर्तन गर्नु परे बरु संविधान संशोधन गरि अधिकान्स देशको निशान छाप नक्सा बेगरको भए जस्तै हामी पनि सोच्ने कि!
अहिले कोरोना महामारीको संक्रमण र लकडाउनको मारले संसार तबाह र बर्बाद भईरहेको छ । कोरोना महामारीबाट बच्न विकल्पमा लकडाउन रोजियो । जुन चाइनिज मोडेल हो । चाईनाबाट शुरु भएको कोरोना संक्रमण र लकडाउन पद्धतिका कारण अहिले विश्व मानवीय र आर्थिक रुपमा ध्वस्त भईसकेका छन् ।
प्रधानमन्त्री केपी ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण हठात् एकीकृत हुन पुगेको राजपा र समाजवादी पार्टीले नयाँ नाम ‘जनता समाजवादी पार्टी’ राख्दै आफ्नो अन्तरिम विधान र घोषणा पत्र प्रस्तुत गरेको छ । बैशाख १० गते मध्यरातमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र महेन्द्रराय यादव तथा समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले संयुक्त विज्ञप्ति मार्फत् हस्ताक्षर गरी दुवै पार्टीको एकीकरण गरिएको घोषणा भएको थियो ।
रामजनम तिवारी, नेपाल सदभावना परिषद र पछि बनेको नेपाल सदभावना पार्टीका संस्थापक नेता मध्येका एक हुन। तिवारी जी का बारेमा यसरी नै परिचय दिईन्छ । र, यही परिचयका कारणबाट उहाँका बारेमा थप खोजिनीतिको आवश्यकतालाई पर सारिन्छ।