2 months ago

काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक साउन २१-२४ सम्म अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा ललितपुरमा सम्पन्न भयो । बैठकले समायोजन निर्देशिका, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको दायित्व, समसामयिक प्रस्तावहरु र आचारसंहिता लगायतका कार्यसूचीहरु माथि छलफल गरी निम्नानुसारको निर्णयहरु लिएको छ ।

2 months ago

पार्टीको अध्यक्ष नै पार्टीको विधि विधान पालना गर्न नचाहने मात्र होईन कि चाहे अनुसारको पद न पाए वा नरहे कुर्सी नै भांचिदिन्छु भन्ने कुराहरु संचारमा आउने कुराले नेकपाको सम्पूर्ण पार्टी पंक्तिलाई नै झसङ्ग पारेको छ । पार्टी भित्रको विवाद सोभियत संघको कम्युनिष्ट पार्टीमा मेन्सेभिक र बोल्सेभिकको विवाद जस्तो देखिएको छ ।

2 months ago

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चरम उत्कर्षमा रहेको विवाद समाधानका लागि उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसमक्ष ६ बुँदे प्रस्ताव पेश गरेका छन् ।

2 months ago

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिएका छन् ।

2 months ago

काठमाडौं, ११ साउन । पूर्व गृहमन्त्री गोविन्दराज जोशी सहित ३ जना नेतालाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।

3 months ago

काठमाडौं, ४ साउन । ज्नता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद सदस्य तथा प्रवास उपाध्यक्ष मिलन कान्छा किराँतीले सङ्गठनभित्र आफूविरुद्ध गुटबन्दी गर्न प्रवास ईन्चार्ज आङ्काजी शेर्पा सक्रिय रहेको आरोप लगाएका छन् ।

3 months ago

काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ । आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो ।

3 months ago

काठमाडौं, २५ असार । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ ।

3 months ago

काठमाडौं, २३ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच मंगलबार छलफल भएको छ । सत्तारूढ दल नेकपा फुटको संघारमा पुगिरहँदा दुई दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

3 months ago

राजविराज, २० असार । मधेशी नेता नै मधेशीहरुको राजनीतिक शिकार रहेको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीले आरोप लगाएका छन् । नागरिकता विधेयक विरुद्धमा शुक्रबार अयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

4 months ago

काठमाडौं, ८ असार । राजपा नेपालले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने सत्तारूढ नेकपाको निर्णयको विरोध गरेको छ । नेकपाको उक्त निर्णयले नेपाल–भारत सम्बन्धमा आघात पु¥याउने राजपाको ठहर छ ।

4 months ago

काठमाडौं, ७ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकतासम्बन्धी गरेको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी रहेको टिप्पणी गरेका छन् ।

4 months ago

विराटनगर, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् ।

4 months ago

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथामका लागि सरकार पूर्ण रुपमा असफल रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी ओलीसमक्ष १२ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

4 months ago

काठमाडौं, २७ जेठ । समाजवादी पार्टी र राजपा नेपाल मिलेर एकीकृत भएको जनता समाजवादी पार्टी नयाँ नक्सालाई संविधानमा समेट्ने सरकारी प्रस्तावको पक्षमा मतदान गर्ने संकेत गरेको छ ।

4 months ago

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले संविधान संशोधन विधेयकलाई पूर्ण समर्थन गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर बनाइएको नेपालको नक्सासहितको निशान छाप संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन प्रस्तावलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताए ।

4 months ago

काठमाडौं, २६ जेठ । जनता समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले पार्टीमा पद विभाजन समहतिमै भएको स्पष्ट पारेका छन् ।

4 months ago

काठमाडौं, २५ जेठ । लामो समयको मन्थन–गन्थनपछि नवगठित जनता समाजवादी पार्टी नेपालले पदाधिकारी टुंगो लगाएको छ । जसपाले पाँच पदाधिकारी रहने टुंगो लागेको हो ।

4 months ago

काठमाडौं, १९ जेठ । जनता समाजवादी पार्टी नेपालले प्राइभेट बिलको रुपमा छुट्टटै संविधान संशोधन विधेयक दर्ता गराएको छ । जसपा नेताहरुले संघीय संसद सचिवालयमा सोमबार संशोधन विधेयक दर्ता गराएका हुन् ।

4 months ago

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ नक्सालाई आधिकारिकता दिन गरिने संविधान संशोधनका क्रममा मधेशी दलको पनि माग पूरा गर्नुपर्ने बताएका छन् ।

4 months ago

काठमाडौं, १४ जेठ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको विषयमा राजपा नेपालभित्रको विवादले अड्किएको बताएका छन् । राजपाका शीर्ष नेतृत्वमा पार्टी एकताका विषयमा एकरूपता नदेखिएकाले कुरा अड्किएको उनले बताए ।

4 months ago

काठमाडौं, ११ जेठ । नेपाल सरकारले नेपालको भूभागलाई समेटेर नयाँ नक्सा प्रकाशित गरि कार्यान्वयनको लागि संविधान संशोधन प्रकृयालाई अगाडि बढाएको बेला लोक दलले पाँचबुँदे माग अगाडि सारेको छ ।

5 months ago

काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टीले संविधान संशोधन प्याकेजमै हुनुपर्ने बताएको छ । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन गर्ने संसदमा दर्ता गराएको प्रस्तावमा जसपाले मधेशको मुद्दा पनि सोही बमोजिम संशोधन हुनु पर्ने जनाएको छ ।

5 months ago

काठमाडौँ, १० जेठ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले सरकारले गर्न लागेको संविधान संशोधनको बारेमा थप छलफल गरेर अघि बढ्ने सहमति गरेको छ ।

5 months ago

काठमाडौं, १० जेठ । डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा र लाक्पा तामाङ नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)बीच कार्यगत एकता भई “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” घोषणा भएको छ ।