‘जयगोविन्द साह : एक संघर्षशील व्यक्तित्व’ विमोचित

समाचार

9/16/2018

काठमाडौं, २९ भाद्र । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेतामध्ये एक सिरहाका जयगोविन्द साहको संघर्षशील जीवनको बारेमा लेखिएको पुस्तक ‘जयगोविन्द साहः एक संघर्षशील व्यक्तित्व’ को उनका अभिन्न मित्र १०१ वर्षीय सिरहाली किसान नेता जनक यादवले विमोचन गरेका छन् । 

सो अवसरमा वरिष्ठ वामपंथी नेता विष्णुबहादुर मानन्धर, कमल कोइराला, अमिक शेरचन, लिलामणि पोखरेलले साहको संघर्षशील व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए । 

मूलतः साह कहिल्यै पनि कुनै स्कूल/कालेज नगएपनि उनको तीक्ष्ण बुद्धि र विद्रोही स्वभावले उनलाई नेपाली कम्युनिष्ट आन्दोलनको शीर्षस्थ व्यक्ति बनाए भन्ने विचारमा सबै वक्ताहरु एकमत थिए । 

उनको मृत्यु २०४६ साल पुस २५ गते भारत प्रवासमा हु“दा तात्कालीन पंचायती निरंकुश व्यवस्थाले लाससम्म नेपाल आउन नदिएको कुराबाट पनि यो कुराको पुष्टि हुन्छ । 

साहित्यिक चिन्तक डि.आर. पोखरेलद्वारा लेखिएको पुस्तकमाथि बाम वुद्धिजीवी श्याम श्रेष्ठले समीक्षा गरेका थिए । पुस्तकमा आलोचनात्मक चेतको अभाव रहेको र दस्तावेजीकरण तर्फ लेखकले बढी ध्यान पु¥याएको भन्ने उनको भनाई थियो । खासगरी नेकपा(चौम) जसको उनी संस्थापक नै थिए त्यसबारे पुस्तकले स्पष्ट नबोलेको भनाई श्याम श्रेष्ठको थियो । 

कार्यक्रममा नेकपाका नेता विश्वनाथ साह, रामकुमार यादव, नया“ शक्ति पार्टीको नेता रामरिझन यादव, साहित्यकार प्रदीप बम्जनले पनि आ आफ्ना विचार व्यक्त गरेका थिए । त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनका धुरन्धर नेता मोहनविक्रम सिंह कार्यक्रमभरि उपस्थित भएपनि मंचमा उक्लिएनन् । मन्तव्य पनि राखेनन् । दर्शक दिर्घामा घन्टौसम्म बसिरहे । तर उल्लेखनीय कुरा के छ भने पुस्तकको भूमिका चाही मोहनविक्रम सिंहले नै लेखेका छन् ।

मूलतः पुस्तकको भूमिका लेख्नका लागि नेकपाका नेता गिरिराजमणि पोखरेललाई अनुरोध गरिएको थियो तर ६ महिनासम्म नलेखेपछि बाध्य भएर मोहनविक्रम सिंहबाट लेखाउनु परेको विचार लेखक डि.आर. पोखरेलले व्यक्त गरेका थिए । 

हाल उनी शिक्षामंत्री भएकोले समय निकाल्न नसकेको भनाई पोखरेलको थियो । तर गाठी कुरा के हो भने उक्त पुस्तकको लेखकीय अधिकार पोखरेलले बर्दिवासमा स्थापना गरेको जयगोविन्द अध्ययन केन्द्रलाई दिनु पर्ने जिकिर गरेपछि लेखक पोखरेलले त्यसमा असहमति जनाएका थिए । कार्यक्रममा पोखरेललाई निम्त्याए पनि उनी आएनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ