जनकपुरधाम। नौदलीय अग्रगामी मोर्चाले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश निर्माणले मात्रै अधिकारको लडाइँ पूरा नभएको भन्दै अब मधेश राज्य निर्माणका लागि संघर्ष आवश्यक रहेको बताएका छन्।
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि नौदलीय अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
काठमाडौं। राष्ट्रिय एकता दल महिला विभागको आयोजनामा ‘हिन्दू नारी र तीजको महत्व’ विषयक विशेष अन्तरक्रिया तथा विचार गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।
जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण काठमाडौं प्रवेश गर्ने मार्ग अवरुद्ध भएपछि एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव कौशलेन्द्र शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्।
राजविराज । अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन आर्थिक अभाव भएपछि अस्पतालको प्रवेशद्वार नजिकै सडक पेटीमा बच्चा जन्माएकी एक महिलालाई समाजसेवी सुनिता साह (क्रान्ति) ले राहत सामग्री प्रदान गरेकी छन्।
काठमाडौँ । राष्ट्रिय एकता दलले भोटेकोशी बाढीमा ज्यान गुमाएका दिवङ्गत आत्माहरूको शान्ति, सद्गति र मोक्षको कामना गर्दै पशुपतिनाथ मन्दिरस्थित बागमती घाटमा जल तर्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
रौतहट । रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको दैनिक सेवा प्रवाहदेखि विकास निर्माणका कामसम्म प्रभावित भएका छन्।
राजविराज । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक रकम अभाव भएपछि एक महिलाले अस्पतालको बाहिरी प्राङ्गणमै बच्चा जन्माउन बाध्य भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
जनकपुरधाम । मधेश आन्दोलनका वीर शहीदहरूको योगदान र बलिदानलाई राज्य तथा राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सचिवालयले पार्टीकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट प्रभावित तथा सहाराविहीन बनेका नागरिकको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्।
जनकपुरधाम । प्रथम जेएनजी आन्दोलन स्मृति दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधाम समूह–५७ ले मानव अधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ।
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न जनअधिकार पार्टीले काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
सर्लाही । अग्रगामी मोर्चाले संगठनलाई गाउँ–गाउँ र वडा–वडासम्म विस्तार गर्दै आगामी राजनीतिक संघर्षलाई सशक्त बनाउने निर्णय गरेको छ।
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, अर्थतन्त्रमा परेको प्रभाव र पुनर्व्यवस्थापनको अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित विभिन्न तहका २३ जना नेता तथा जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।
काठमाडौं । देशका विभिन्न भागमा हालै आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।
सर्लाही । देशका विभिन्न भूभागमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित बनेपछि पीडितहरूको राहत तथा उद्धारका लागि देशभर मानवीय सहयोग जुटाउने अभियान तीव्र बनेको छ।
जनकपुरधाम। अन्तर्राष्ट्रिय बेपत्ता पारिएका पीडितहरूको दिवस–२०२६ को अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामको आयोजनामा जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।