दिनेश ठाकुर, नेपालगञ्ज, २७ भाद्र । नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष हरि महतराले शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख गोरखबहादुर थापालाई तीनदिने आम शैक्षिक हडताल आन्दोलनबारे जानकारी गराएका छन् ।
राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुस्ट स्थायी गर्नका लागि संघीय ऐनमा नीतिगत व्यवस्था गरियोस्, स्थायी प्रक्रियाको थालनी गर्नु पूर्व राहत शिक्षक सम्बन्धी प्रचलित शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरुको स्वामित्व निर्माणधीन ऐनले लिनुपर्ने, स्थायी प्रक्रिया शुरु गर्नु पूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परिक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको उमेरको हदबन्दी हटाईयोस् तथा राज्यबाट शिक्षक शिक्षिका बिच गरिंदै आएको सबैखाले विवेदको अन्त्य गर्ने नितिगत व्यवस्थाको सुनिश्चित परियोस् भनी प्रमुख थापालाई उपलब्ध गराईएको जानकारीमा उल्लेख गरिएको अध्यक्ष महतराले बताए ।
अध्यक्ष महतराले समुन्नत समावेसी समाज निर्माणमा सहयोग पुग्ने गरि वर्तमान संविधानको मर्म अनुरुप पेशागत मर्यादा र समानतालाई जोगाउन नेपाल राहत शिक्षक केन्द्रिय समितिले भाद्र २६, २७ र २८ गतेका सामुदायिक विद्यालयहरुमा आम शैक्षिक हड्तालमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन अपिल गरेका छन् ।
राहत शिक्षक समिति बाकेका अध्यक्ष हरि महतराको नेतृत्वमा प्रदेश महिला उपाध्यक्ष गिता ढकाल, प्रदेश सल्लाहकार सदस्य राजेन्द्र सिग्देल, सहअध्यक्ष सिला श्रेष्ठ, जिल्ला सचिव भिम खरेल, कोषाध्यक्ष रोम रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया