सार्वभौम नागरिक पार्टीको धनुषा जिल्ला संयोजकमा प्रशान्तकुमार झा

समाचार

जनकपुरधाम । हालै निर्वाचन आयोगमा दर्ता भएको सार्वभौम नागरिक पार्टीले जनकपुरधामका प्रशान्तकुमार झालाई धनुषा जिल्ला संयोजक बनाएको छ ।

नागरिक अधिकारको संरक्षण, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर राजनीतिक यात्रा अघि बढाएको संयोजक झाले बताएका छन् । यो पार्टी पूर्वीय दर्शनमा आधारित मध्यममार्गी विचारधारा अपनाएको पनि उनले बताएका छन् । मधेशसहित देशभर नागरिकतन्त्र–केन्द्रित राजनीतिक अभियानलाई तीव्रताका साथ अघि बढाएकोसमेत झाले जनाएका छन् ।

यो पाटीको केन्द्रीय अध्यक्षका रूपमा गणेशकुमार मण्डल रहेका छन् । मधेशी नागरिक समाजको संयोजकका रूपमा सक्रिय रहेका मण्डल मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । यो पार्टीले अन्य पार्टीभन्दा पृथक नीतिहरू लिएको छ ।

सदस्यता वितरण नगर्ने, पार्टीको झण्डा बनाउने, भ्रातृ संगठन नबनाउने, चन्दा नउठाउने, आमसभा नगर्ने, फूल टाइम कार्यकर्ता पार्टीको सभापति बन्न नपाउने, केन्द्रमा बाहेक अन्य जिल्लामा कार्यालय स्थापना नगर्ने, स्थानीय तहमा उम्मेदवारी नदिनेलगायत अनौठो र पृथक नीति यो पार्टीले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ