सिन्धुपाल्चोकमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

समाचार

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा दुई स्वास्थ्य चौकी भवनको निर्माणका लागि शिलान्यास गरिएको छ ।

ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपाल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा रहेका स्वास्थ्य चौकी भवनहरु भारत सरकारको करिब नेरु.४ करोडको कुल आर्थिक सहयोगमा निर्माण गरिदैछन् ।

यी स्वास्थ्य चौकीहरुमा उपयुक्त सुविधाहरु सहितको दुई तल्ले भवनहरु हुनेछन् । यी परियोजनाहरुलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका मार्फत कार्यान्वयन गरिनेछ ।

ईन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरुले निर्माण हुने नयाँ स्वास्थ्य पूर्वाधारले यस क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार अभिवृद्धि गर्नुका साथै विकास र प्रगतिका लागि नेपाल सरकारले चालेको प्रयासलाई बढावा दिन भारत सरकारले गरेको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ