काठमाडौं ।संविधान सभा सदस्य प्रमोद प्रसाद गुप्ता र मधेश प्रदेशसभा पूर्वसदस्य पारस प्रसाद साह जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित भएका छन् ।
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गुप्ता र साहलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित गरेको जनमतका राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जनाएका छन् ।
यो संगै जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति संख्या ५१ पुगेको छ ।
उनीहरू दुवै जना जनता समाजवादी पार्टी परित्याग गरी ६ महिना अघि जनमत पार्टी प्रवेश गरेका थिए ।
तपाईको प्रतिक्रिया