आफ्नै घरमा प्रहरीको सहारा लिएर सांसद आलम गरे शिलान्यास

राजनीति

5/20/2019

रौतहट, ६ जेठ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले प्रहरीको घेरामा आफ्नै गाउँमा रहेको जनता माध्यमिक विद्यालयमा भवनको आइतबार शिलान्यास गरेका छन् ।

स्थानीय वडा नम्बर ५ मा रहेको माध्यमिक विद्यालयको नमूना विद्यालयको विकास गुरुयोजनाअन्तर्गत निर्माण हुने ८ कोठे भवनको सांसद आलमले कडा सुरक्षाको बीचमा शिलान्यास गरेका हुन् । पहिलो पटक स्थगित भएको शिलान्यास कार्यक्रम दोस्रो पटक सुरक्षाकर्मी परिचालन गरी सम्पन्न गरिएको छ ।

नामले डराउने स्थानीयहरु विरोधमा उत्रेपछि सांसद आलम प्रहरीको सहारामा आफ्नै जन्म स्थलमा निस्केका हुन् । समाजवादी पार्टीका नेता किरण साहको कारण सांसद आलम प्रहरीको सहारा लिएका थिए । १५ वर्ष पहिला नामले कापने गाउँलेहरु लोकतन्त्र स्थापना भएपछि खुलेर प्रतिवाद गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ