रौतहट, २६ असोज । रौतहट क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलम पक्राउ परेका छन् ।
पहिलो संविधानसभा निर्वाचनको समयमा आलम निवासमा भएको बम विस्फोट घटनाबारे अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
वि.सं. २०६४ साल फागुन २७ गते नेपाली काँगेसका नेता आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जलाएको अभियोग लागेको थियो ।
बम विस्फोट घटनाका सम्लग्न दुईजनाको बयानका आधारमा अनुसन्धानको लागि उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सादा पोसाकमा खटेका प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरीको संयुक्त टोलीले आलमलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया