प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन

राजनीति

5/17/2019

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उद्घाटन गरेका छन् ।
खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदिसँग सम्बन्धित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताएका छन् । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो ” प्रधानमन्त्री ओलीले भने “त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ