काठमाडौं, २३ बैशाख । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल विघटन भई नवघोषित समाजवादी पार्टी नेपालले केन्द्रीय पदाधिकारीहरुको नाम सार्वजनिक गरेको छ ।
समाजवादी पार्टीको सर्वोच्च पदमा डा. बाबुराम भट्टराई नै रहेका छन् । डा.भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको छ भने उपेन्द्र यादव केन्द्रीय समितिका अध्यक्ष भएका छन् ।
केन्द्रीय समितिले गर्ने कुनै पनि निर्णय सिधै कार्यान्वयन हुनसक्ने व्यवस्था छैन । केन्द्रीय समितिको निर्णयलाई संघीय परिषद्ले परिवर्तन गर्नसक्ने जनाइएको छ ।
यस्तै, समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र उपाध्यक्षहरु रकम चेम्जोङ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रेणुकुमारी यादव, हिसिला यमी, मो.लालबाबु राउत गद्दी र हेमराज राई रहेका छन् ।
यसैगरी, महासचिवहरूमा रामसहाय प्रसाद यादव, गंगानारायण श्रेष्ठ र रणध्वज कन्दङ्वा, उपमहासचिवहरुमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् ।
यस्तै, कोषाध्यक्षको जिम्मेवारी प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले पाएका छन् । बाकी पदाधिकारीहरु छिट्टै टुंगो लगाइने पार्टी घोषणा समारोहमा संघीय परिषद्का अध्यक्ष डा.भट्टराई जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया