जनकपुरधाम, २५ बैशाख । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले नै संविधान संशोधन गराउने बताएका छन् ।
उनले मधेशकेन्द्रित दलहरुले संशोधनको मुद्दा छाडिसकेको आरोप लगाएका छन् । मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संविधान संशोधनको मुद्दालाई आफ्नो पार्टीले मात्र जिवन्त राखेको बताएका छन् ।
मधेशका नाममा मत लिएकाहरुले संविधान संशोधनको मुद्दा बिर्सिसकेको उनको दाबी छ । उनले कांग्रेसले मात्रै संविधान संशोधन गराउने दाबी गरे ।
कांग्रेस उपसभापति निधिले सकार संघीयतालाई समाप्त पार्न लागेको आरोपसमेत लगाए । सरकारको यही रबैयालाई जनता समक्ष ल्याउन कांग्रेसले देशभर जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया