कांग्रेस र समाजवादीबीच सहमति

राजनीति

1/4/2020

काठमाडौं, १९ पुस । नेपाली कांग्रेस र समाजवादी पार्टीबीच राष्ट्रिय सभाको निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा प्रदेश २ को चार पदमा चुनावी सहकार्य भएको हो ।

सहमतिपत्रमा कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति भएको हो ।

साथै प्रतिपक्षको भूमिकालाई मिलेर सशक्त रूपमा निर्वाह गर्ने पनि सहमति भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ