जासर यादव असन्तुष्ट होइनन्, कारबाहीमा परेका हुन् : शेष

राजनीति

5/16/2019

नेपालगन्ज, २ जेठ । जनमत पार्टीका केन्द्रीय सदस्य इरफान शेषले तत्कालीन स्वतन्त्र मधेश गठबन्धन नेता जासर यादवलाई कारबाही गरेको बताएका छन् ।

उनले जासर यादवले पार्टी विपरीत गतिविधि गरेकोले पार्टीले कारबाही गरेको दाबी गर्दै भने, ‘जासर यादव स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समूह नभइ कारबाहीमा परेका व्यक्ति हुन् ।’

शेषले जासर यादवसँग गठबन्धनका कुनै पनि नेता नरहे पनि आफूसँग असन्तुष्टहरु रहेको दाबी गर्दै प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

‘नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका बीच भएको २०७५ फाल्गुन २४ गते का दिन ११ बूँदे समझौतालाई लिएर अनेकन किसिमका टिकाटिप्पणीका बिच जेठ २ गतेका दिन मिडियामा भ्रमित पार्ने खबर चलाएकोले ध्यानकर्शण गराउन चाहन्छु ।’ शेषले भने ।

उनी भन्छन्, ‘स्वतन्त्र मधेश गठबन्धनमा कुनै किसिमका गुटउपगुट नरहेकोले हामी जनमत पार्टीलाई लिएर जनताका बिच गएका छौं र संगठनमा कुनै किसिमको असन्तुष्ट समूह नरहेको जानकारी गराउन चाहन्छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ