कैलाली, ३ असार । थरुहट नेता लक्ष्मण थारुले टीकापुरमा २० हजार थारु युवाहरुको दस्ताले प्रदर्शन गर्ने तयारी गरिरहेको बताएका छन् ।
टीकापुर घटना घटेको दिनलाई कालो दिवसको रुपमा मनाउन र विरोध प्रदर्शन गर्न २० हजारभन्दा बढी थारु युवाहरुको दस्ता तयार गरिरहेको खुलासा गरेका छन् ।
थरुहट/थारूवान संयुक्त संघर्ष समितिले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी थरुहट नेता लक्ष्मण थारूले भदौ ७, ८ र ९ गते टीकापुरमा थरुहट÷थारूवान संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको तयारीमा रहेको जानकारी दिएका छन् ।
उनले अधिकारका लागि आन्दोलन चर्काउने चेतावनी दिँदै भने, ‘हामी सुदूरपश्चिम प्रदेश मान्दैनौं । हामीले संवादबाट निकास चाहेका छौं । हामीलाई अझै पनि अल्झाउने काम भयो भने विद्रोह हुन्छ ।’
तपाईको प्रतिक्रिया