नेपाल संघीय समाजवादी पार्टीद्वारा भर्त्सना

राजनीति

5/21/2019

काठमाडौं, ७ जेठ । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको आरोप लगाउँदै भत्र्सना गरेको छ ।

अध्यक्ष अन्सारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले दुई तिहाईको दम्भ देखाउँदै राज्यको चौथो अंग मिडियामाथि प्रतिबन्ध र अंकुश लगाउने नियतले संसदमा मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको आरोप लगाएका छन् ।

सो विधेयक मिडियामाथिको दमन र सार्वभौम सम्पन्न नागरिकको आवाज उठाउने सशक्त माध्यमलाई नियन्त्रण गर्न खोज्नु अधिनायकवाद तर्फ उन्मुख हुनु रहेको ठहर नेपाल संघीय समाजवादी पार्टीको छ ।

साथै सरकारले मानव अधिकार आयोगमाथि नियन्त्रण गर्न खोज्नुका साथै नेपाली सेनालाई प्रधानमन्त्रीको मातहतमा राख्न खोज्नु हदैसम्मको सर्वसत्तावादी निरंकुशताको पराकाष्टा रहेको ठहर पार्टीले गरेको छ ।

अधिनायकवाद उन्मुख सरकारको उक्त कदमको नेपाल संघीय समाजवादी पार्टीले घोर भत्र्सना गर्दै सो कदमलाई तत्काल रोक्नका लागि सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ