रौतहट, २२ चैत । संघीय समाजवादी फोरम नेपालको गौर नगर अधिवेशन बिहीबार सम्पन्न भएको छ । पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत भएको नगर अधिवेशनबाट २१ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ ।
नगर समितिको अध्यक्षमा अमरूल हकÞ सर्वसहमतबाट चयन गरिएको छ । समितिको उपाध्यक्षमा अर्चना यादव, सचिवमा राजाराम केसरी, सहसचिवमा प्रदीप यादव चयन गरिएको छ ।
सदस्यहरुमा मोहम्मद आवास मंसूरी, खातून नेसा, विनोद ठाकुर, कुमारी पूजा, सुभाष यादव, देवेन्द्र अधिकारीसहितका व्यक्ति रहेको नवनिर्वाचित अध्यक्ष अमरूल हकÞले जानकारी दिएका छन् ।
नगर अधिवेशनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला उपाध्यक्ष श्यामविहारी यादव, विद्यार्थी नेता प्रकाश भाई मधेशिया लगायत नेताहरुले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया