विरोधपछि प्रदेशसभा बैठक स्थगित

राजनीति

12/31/2019

जनकपुरधाम, १५ पुस । लामो समयपछि सोमबार बसेको प्रदेश नं.२ को प्रदेश सभाको बैठकमा प्रतिपक्षी दल नेकपा तथा नेपाली काँग्रेसले विरोध पछि स्थगित भएको छ ।

जनता आवास, प्रदेशसभा सदस्यहरुको संसदीय कोषको कार्याविधि, सर्शत अनुदान लगायतका विषयमा प्रदेश सरकारबाट सन्तोषजनक जवाफ नआएको भन्दै नेपाली काँग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले विरोध गरेका थिए ।

नेपाली काँग्रेसका प्रदेश सभाको सदस्यहरुले सरकारको जवाफ माग्दै आ–आफ्नो स्थानमा उठेर विरोध जारी राखेपछि त्यसको समर्थन गर्दै नेकपाका प्रदेश सभा सदस्यहरुले पनि विरोध गरेपछि प्रदेश सभामुख सरोजकुमार यादवले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठकमा नेपाली कांग्रेस र नेकपाका सभासदस्यहरुले आवाज उठाइरहँदा राजपा नेपालका सदस्य उपेन्द्र महतोले समेत समर्थन जनाएका थिए ।

सांसद महतोले मुख्यमन्त्री लगायत वर्तमान सरकारमा रहेका मन्त्रीहरुले बदनियतपूर्ण तरिकाले उपभोक्ता समितिलाई भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाउनु पनि लगाए । सभामुखले सभासद्हरुलाई आ–आफ्नो स्थानमा बस्नका लागि रुलिङ गरे पनि विरोध जारी भएपछि बैठक स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ