बाबुराम र उपेन्द्रको समाजवादी पार्टी घोषणा, राजपालाई पनि आउन आह्वान

राजनीति

5/6/2019

काठमाडौं, २३ बैशाख । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल विधिवत्रुपमा आजदेखि विघटन भएका छन् ।

करिब दुई वर्षको लामो गृहकार्यपछि बाबुराम र उपेन्द्रले एकीकरणको प्रक्रिया निष्कर्षमा पु¥याएका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित घोषणा समारोहमा ‘समाजवादी पार्टी नेपाल’ घोषणा भएको छ ।

घोषणा कार्यक्रममा डा.भट्टराई संघीय परिषद्का अध्यक्ष र यादव केन्द्रीय समितिका अध्यक्ष रहने सार्वजनिक गरिएको छ । यस्तै, केन्द्रीय पदाधिकारीहरुको नामावलीसमेत सार्वजनिक गरिएको हो ।

एकीकरण घोषणा समारोहमा सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी नेपाललाई एकताका लागि आउन आह्वान गरेका छन् । उनले अब छुट्टाछुट्टै दोकान थापेर केही पनि नहुने जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ