काठमाडौँ, माघ ३ । राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बालुवाटार शक्तिशाली तानाशाह बन्दै गएको आरोप लगाएका छन् । युनाईटेड मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो आरोप लगाएका हुन् ।
बालुवाटारको सन्दर्भमा अध्यक्ष ठाकुरले भने,‘मधेशी जनताले संघीयताका लाथि ठूलो बलिदान दिएका छन् । आज आएर संघीयता नामको मात्रै संघीयता भएको छ । शक्तिको दुरुपयोग गर्दै प्रदेशको अधिकार बालुवाटारमा केन्द्रीत गरेर तानाशाह बनाउने काम भएको छ । यो संघीयताको मर्मविपरित छ ।’
उनले अगाडि भने,‘लोकतन्त्रलाई केन्द्रकृत बनाउने काम भएको छ । विभिन्न जाताजाती, भाषा, धर्म संस्कारको नाममा विभेद खडा गरिएको छ । सरकारी काममा पनि विभेद छ । भर्ना र सरकार नियुक्तिमा पनि उस्तै विभेद छ ।’
तपाईको प्रतिक्रिया