काठमाडौं, २२ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सीमा विवाद समाधानका लागि छिमेकी मित्रराष्ट्र भारतसँग कुटनीतिक वार्ता हुने बताएका छन् ।
एक टेलिभिजन कार्यक्रममा डा.भट्टराईले नेपाल र भारतबीचको सीमा विवाद समाधानको लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताए । उनले भने,‘भारतसँग कुटनीतिक वार्ता हुन्छ ।’ नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को संयुक्त प्रतिवेदन भारतले बुझेन भने द्धिपक्षीय सम्बन्धमा गम्भिर अवस्था आउनेपनि भट्टराईको टिप्पणी छ ।
उनले भने,‘भारतले पहिले बुझ्छु भनेको हो, अहिले आएर बुझ्दिन भन्न पाउँछ ?’
तपाईको प्रतिक्रिया