भारत र नेपालले सीमा समस्यालाई उच्चस्तरीय ढंगले हल गर्नुपर्छ : गजुरेल

राजनीति

12/3/2019

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेलले सीमा समस्यालाई उच्चस्तरीय ढंगले समाधान गर्नुपर्ने बताएका छन् ।

विगतभन्दा अहिले भारतसँग पनि राम्रो सम्बन्ध रहेकोले उनले जिकिर गरेका छन् । ‘अहिले फेरि कालापानीको भू–भाग भारतको नक्सामा थोरै असर गरिरहेको छ ।’ उनले बताए ।

उनले भने, ‘भारत र नेपालले त्यो विषयलाई उच्चस्तरीय ढंगले हल गर्नुपर्छ । भारतले नयाँ सिराबाट सम्बन्ध राख्नुपर्छ ।’

उनले नेपालले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध हुनुपर्ने बताएका छन् । ‘चीन हाम्रो पार्टीगत सम्बन्ध छुट्टै हो । सरकारको सम्बन्धको सन्दर्भमा खासै फरक देखिँदैन ।’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ