प्रसूति महिलालाई ५ सय थप प्रोत्साहन भत्ता दिने :  मेयर मेहता

राजनीति

5/22/2019

रौतहट, ८ बुधबार । ईशनाथ नगरपालिकाले वर्थिंग सेन्टरमा प्रसूति गराएमा थप ५ सय नगद प्रोत्साहन भत्ता दिने भएको छ ।

जिल्ला अस्पताल गौरमा आत्मा सुरक्षा कार्यक्रम अन्तर्गत गर्वभती महिलालाई दिइने यातायात सुविधा रकमको अभावले बन्द हुने अवस्थामा पुगेको बेला ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले यस्तो घोषणा गरेर उत्क्रिस्ट कार्य गरेको छ ।

स्थानीय वडा नम्बर ९ परोहा डुमरियामा सञ्चालनमा रहेको वर्थिंग सेंटरमा प्रसूति गराउन आउने महिलालाई नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत पाउने प्रोत्साहन भत्ता बाहेक थप ५ सय नगद दिइने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ