मेस्तर समुदायको समस्या समाधान गरिन्छ : मुख्यमन्त्री राउत

राजनीति

5/19/2019

जनकपुरधाम, ४ जेठ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मेस्तर समुदायहरुको पेशागत समस्या कानून बनाएरै समाधान गरिने बताएका छन् ।

नेपाल राउत मेहतर उत्थान समाजको ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री राउतले मेस्तर समुदायको पेशागत, स्वास्थ्य तथा शिक्षा सम्बन्धि समस्या प्रति प्रदेश सरकार गम्भीर रहेको र कानून बनाएर ती सबै समस्याहरुको समाधान गरिने बताएका हुन् ।

उनले प्रदेशसभामा विचारधिन रहेको दलित सशक्तिकरण ऐनले समेत यस्ता समस्याहरुको समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

समाजको केन्द्रिय समितिले पेशागत समस्या, भेदभाव र श्रमशोषणको अन्त, निःशुल्क स्वास्थ्य उपचार तथा शिक्षाको ग्यारेन्टी सहितका मांग राख्दै आज ज्ञापन पत्र बुझाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ