काठमाडौं, ३० साउन । समाजवादी पार्टी नेपालको भ्रातृ संगठन अन्तर्राष्ट्रिय–नेपाली समाज युएईको एकता घोषणा भएको छ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको युएईमा रहेका दुईवटै पार्टीका भ्रातृ संगठनहरू नेपाली संघीय समाज युएई र अन्तर्राष्ट्रिय नेपाली समाज युएईबीच एकता भएको हो ।
एकतापछि नयाँ संगठनको नाम अन्तर्राष्ट्रिय–नेपाली समाज युएई राखिएको छ । समाजको अध्यक्षमा बाबुराम लोप्चन चयन भएका छन् ।
नयाँ कार्यसमितिलाई पार्टीका केन्द्रीय परिषद् सदस्य चन्द्रप्रसाद सापकोटाले शपथ गराएका थिए ।
तपाईको प्रतिक्रिया