विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस् भन्ने शुभकामना समेत दिए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार हो भने ।
‘ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो’ प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ ।’
आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उहाँले निर्देशन दिए । उनले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढि दिन सल्लाह दिए ।
तपाईको प्रतिक्रिया