धनगढी, ८ जेठ । सुदुरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले मुक्त कमैया र हलियालाई जग्गा दिएर समस्या समाधान नहुने बताएकी छिन् ।
धनगढीमा आयोजित कार्यक्रममा सुदुरपश्चिम सरकारको आगामी नीति तथा कार्यक्रममा मुक्त कमैया, हलिया र कमलरीको समस्या सम्बोधन विषयक कार्यक्रममा यस्तो बताएकी हुन् ।
दिर्घकालिन रुपमा समस्या समाधानका लागि रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे । कानुनी जटिलताका कारण अहिलेसम्म यी वर्गको पुनः स्थापना हुन नसकेको स्वीकार गर्दै मन्त्रीले नीति बनाएर पदेश सरकारले समस्या समाधान गर्ने बताईन् ।
तपाईको प्रतिक्रिया