काठमाडौं, ६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको संयोजक अध्यक्षमण्डलका नेता अनिलकुमार झा भएका छन् ।
चक्रीय प्रणालीअनुसार अध्यक्षमण्डलका सदस्यहरु पालैपालो दुई÷दुई महिनाका लागि संयोजक हुने राजपाको विधानमा रहेको छ । सोहीअनुसार जेठ ६ देखि साउन ५ गतेसम्मका लागि झा राजपा नेपालको संयोजक भएका छन् ।
चक्रिय प्रणालीअनुसार झापछि अध्यक्षमण्डलका संयोजकमा अर्का सदस्य राजकिशोर यादव हुनेछन् । त्यसपछि पुनः महन्थ ठाकुर संयोजक हुने र उनकै संयोजकत्वमा राजपाको प्रथम एकता महाधिवेशन सम्पन्न हुनेछ ।
संयोजक भएपछि आफ्नो प्रतिक्रिया दिँदै झाले भनेका छन्, ‘आजको दिनलाई कुनै किल्ला फतह गरेको योद्धाको हर्षबढाई वा विजयोत्सवको रुपमा मनाउने होइन । यसलाई एउटा नियमित, वैधानिक र पार्टी जीवनको एउटा कालखण्डको आवश्यक प्रक्रियाको रुपमा मात्र लिन सम्बन्धित सबैमा बिनम्र आग्रह, अनुरोध र आह्वान गर्दछु ।’
तपाईको प्रतिक्रिया