काठमाडौं, १९ पुस । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा सदस्यको लागि दुई जनाको नाम टुंगो लगाएको छ ।
राष्ट्रियसभा सदस्यका लागि राजपाले वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव र शेखर सिंहको नाम टुंगो लगाएको हो ।
प्रदेश २ मा खाली हुने चार जना राष्ट्रियसभा सदस्यमा राजपा र नेकपाले दुई सिटका सहमति गरेको थियो ।
शनिबार बसेको राजपाको अध्यक्षमण्डलको बैठकले यादव र सिंहलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको राजपाका कार्यालय सचिव रञ्जित निष्पक्षले मधेशवाणीलाई जनाएका छन् ।
यता, निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताका लागि आइतबारको मिति तोकेको छ ।
तपाईको प्रतिक्रिया