राजपाभित्र चुलियो विवाद, छुट्टाछुट्टै अधिवेशनको घोषणा

राजनीति

11/19/2019

रौतहट, ३ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला अधिवेशन हुनुभन्दा पूर्व रौतहटमा पार्टीभित्रै चरम विवाद चुलिएको छ ।

मङ्सिर ३ गते जिल्ला अधिवेशन गर्ने गरी केन्द्रीय कार्य समितिले सर्कुलेशन जारी गरे पनि जिल्लामा पार्टीका नेताहरुबीच आरोप प्रत्यारोप हुने कार्य शुरू भइसकेको छ ।

प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय सरकार प्रमुख तीन भागमा आफ्नो आफ्नो अडान लिएर अघि बढने गरेकोले छाताको ६ कमान तीन भागमा छिनिने सम्भावना बढेर गएको हो ।

राजपा नेपालका केन्द्रीय अध्यक्षमण्डलका सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद अनिल कुमार झाले आफ्नो घरमा बसेर पार्टीका सक्रीय कार्यकर्ता, वरिष्ठ जिल्ला उपाध्यक्ष समेतलाइ बाईपास गरी आफ्नो आसेपासेलाई जिल्ला अधिवेशन प्रतिनिधि बनाएको आरोप प्रदेशसभा सदस्य बाबूलाल साह समर्थक राजपाका ४ जना नेताले आरोप लगाएका छन् ।

प्रदेश सांसद साह, निवर्तमान जिल्ला संयोजक गीता कुशवाहा, पूर्वजिल्ला संयोजक राम प्रवेश दास र केन्द्रीय सदस्य योगेन्द्र प्रसाद यादवले प्रतिनिधि छनौटमा केन्द्रीय पर्यवेक्षकले एक पक्षीय कार्य गरेकोले जिल्ला अधिवेशनको प्रक्रिया अगाडी नबढाउन केन्द्रीय कार्य समिति सित लिखित रुपमा आग्रह समेत गरेका छन् ।

संघीय सांसद झाको टीमले लीला साहको जिल्ला अध्यक्षको उम्मेद्वार बनाउने सोचले निर्वाचनको कार्य क्रम मङ्सिर ३ गते मंगलबार निर्धारण गरेका छ ।

गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता र प्रवक्ता एवं वड़ा नम्बर ६ का वडा अध्यक्ष शेख जमशैद एक ठाउँमा रहेको बुझिएको छ । सांसद झाले क्षेत्रीय कार्य समिति विधान समत भएको दावी गरेको छन् भने असंतुस्ट पक्ष गीता कुशवाहा, रामप्रवेश दासले विधान विपरीत रहेको भन्दै बदर गर्नु पर्ने मांग गरेका छन् ।

असंतुस्ट पक्षले लगाएको आरोप सांसद झाले लीला साहलाइ उमेदवार बनाएमा प्रमाणित हुने तथा नबनाएमा मिथ्या सावित हुने नेताहरुको भनाइ रहेको छ । राजपा नेपालका सह महासचिव अनिल कुमार सिंह ले विबाद आधारहीन भएको बताएका छन् ।

पार्टीले तोकेको समय कार्तिक २८ गतेसम्म कुनै अवरोध नगर्ने पार्टीका नेताहरु जिल्ला अधिवेशनको कार्यक्रम ३० गते देखि अगाडी बढेपछि विबाद सृजना गर्नु उचित नभएको बताएका छन् । उनले आतंरिक विबाद भएकोले सहमति हुने दावी गरे । जिल्ला अधिवेशनको दुइ वड़ा निर्वाचन कार्यक्रम समेत प्रकाशित गरिएको छ ।

एउटा समूहले दिउँसो साढे १२ बजेदेखि कार्यक्रम तय गरेको छ भने अर्को पक्षले साढ़े ११ बजे देखि रामजानकी धर्मशालामा जिल्ला अधिवेशनको कार्यक्रम तोकेको छ ।

मुलुकमा मधेशीको समस्य जस्ताको त्यस्तै भएको अवस्थामा मधेशी जनजाति आदिवासी, मुस्लिम, पिछडिएका वर्गको उत्थानको मुद्दा लिएर अगाडी बढिरहेको राजपा नेपाल आफ्नै पार्टी भित्र नातावाद, परिवारवादको खेलमा उल्झेका छन् ।

स्वार्थमा राजनितिक गर्ने दलका नेताहरुको यस्तो रवैयाबाट जनता आक्रोशित समेत हुने अवस्थाको सृजना हुने सर्वसाधारणले विश्लेषण समेत गर्न तहलका छन ।

गढ़ीमाई नगरपालिकामा मानसी १४ गते एक पद वड़ा अध्यक्षको लागि हुने उपनिर्वाचनमा समेत राजपाका उमेदवार रहेको बेला आन्तरिक विबादले उपनिर्वाचनमा पार्टीका उम्मीदवार माथि असर पर्न सकिने सम्भावना बढेर गएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ