रामरिझन यादवको असन्तुष्टि : डा. बाबुराम भट्टराईको पहिलो गासमै ढुङ्गा !

राजनीति

5/19/2019

काठमाडौं, ५ जेठ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालका नेताहरुले विभिन्न असन्तुष्टिहरु पोखिरहेका छन् ।

समाजवादी पार्टीका नेता रामरिझन यादवले आफ्नो असन्तुष्टि पोख्दै भनेका छन्, :

डा. बाबुराम भट्टराईको पहिलो गासमै ढुङ्गा ! राजनीतिको यो विकराल रूप र रङ्गले हाल नवगठित समाजबादी पार्टी, नेपाललाई कहाँ र्पुयाउला(?)भन्ने कुरा सोच्नु अपरिहार्य भएको छ ।

जसरी वैशाख २३ गते पार्टी घोषणा सभामा केही गल्तिहरू भए, त्यसको घोर पुनरावृति हो यो । प्रश्नहरू धेरै छन् । तर एउटामात्र जिज्ञासा ( “माननीय विजय यादवलाई संघीय समाजबादी फोरमका सदस्यहरूले मतदानगरि ससम्मान अध्यक्ष पदमा जिताएका थिए (वैशाख १९ गते), नयाँ शक्ति पार्टीका सदस्यहरूले होइन ।

तर उनी नवगठित समाजवादी पार्टी, नेपालका प्रदेश न. २ को अध्यक्ष कसरी हुन पुगे ?“ अस्ति भर्खरै कोषाध्यक्षको हैसियतमा विजय यादव उपस्थित रहेको पदाधिकारी वैठकले एकताको लागि निर्देशिका तयार पार्न गठन गरिएको कार्यदलको मसी नसुक्दै हतार हतारमा शपथ लिनुको पछाडि के कारण होला भन्ने तर्फ पनि सबैको ध्यान जायोस ।

अर्को कुरा, अहिले प्रदेश स्तरीय एकीकरण नभएको स्थितिमा समाजबादी पार्टी, नेपालको बैनर मुनि शपथग्रहण गर्नु कति जायज कुरा हो ? फेरि पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री महम्मद लालबाबु राउतलगायत माननीय मन्त्रीहरू जस्तो गरिमामय पद बोकेकाको उपस्थिति हुनु आफैमा उदेकलाग्दो कुरो हो । बिधीको विडम्बना हो यो ! जय होस् । यस्तो खबर नेपालमा मात्र पढन पाइन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ