रौतहट, ४ माघ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र ल्याउन नेकपा र राजपाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
देशमा संघीयता तथा गणतन्त्रको लडाइँमा राजपाले पनि कठोर संघर्ष गरेको बताउँदै विगतमा पनि नेकपा र राजपाको सरकार बनेको स्पष्ट पारे ।
लोकतन्त्र आइसकेपछि नेकपाले राजेन्द्र महतो तथा अनिलकुमार झालाई मन्त्री बन्न सहयोग गरेको दाबी गर्दै वरिष्ठ नेता नेपालले नेकपा र राजपा दुवै लोकतान्त्रिक चरित्र भएको पार्टी भएकाले राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीले गठबन्धन गरेको बताए ।
गृहनगर रौतहटको गौरमा आयोजित राष्ट्रियसभा उम्मेदवार परिचय तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले दुई लोकतान्त्रिक दलबीच चुनावी तालमेल हुनु कुनै अपवित्र गठबन्धन नभएको बताउँदै वरिष्ठ नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा भएको तालमेलले देशलाई निकास दिन सहयोग पुग्ने बताए ।
नेता नेपालले संयुक्त प्यानलले प्रदेश २ मा जित्ने विश्वास व्यक्त गरे । एमसिसीलाई लिएर देशमा भइरहेको चर्चाजस्तो नभएको हुँदा सबै पक्ष मिलेर यसको विषयमा छलफल हुनुपर्ने नेता नेपालको भनाइ छ ।
तपाईको प्रतिक्रिया